Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको नाफा ५० प्रतिशतले बढ्यो, इपिएस कति ?

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, ०७ : २४ मा प्रकाशित

मेगा बैंकको नाफा ५० प्रतिशतले बढ्यो, इपिएस कति ?

मेगा बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधीमा बैंकको मुनाफामा बृद्धि आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५०.४७ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा बैंकले ६० करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा पनि ४७.९६  प्रतिशतले बढेर १ अर्ब ३० करोड ७१ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा बैंकको सञ्चालन मुनाफा ८८ करोड ३४ लाख रूपैयाँ रहेको थियो । त्यसैगरी,  पहिलो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी पनि १३.९६ प्रतिशतले बढेर १ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ४९ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १४ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । 

समिक्षा अवधिमा बैंकको खुद मुनाफासंगै बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने समिक्षा अवधिमा मूल्य आम्दानी रेसिया (पिई रेसियों) १३.६ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको