Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचनमा सबै सहभागी बनौँ : नेता नेम्वाङ

शनिबार, ०३ असार २०७४, २१ : २४ मा प्रकाशित

निर्वाचनमा सबै सहभागी बनौँ  : नेता नेम्वाङ

अर्थ संसार, दमक– नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले राजनीतिक स्थायित्व र समृद्धिका लागि निर्वाचनमात्र विधिसम्मत आधार भएकाले निर्वाचनमा सबैलाई सहभागी बन्न आग्रह गर्नुभएको छ । उहाँले वर्तमान राजनीतिक अस्थिरता अन्त्यका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।

आज इलामको चुलाचुली गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका नेता नेम्वाङले तर निर्वाचनको वातावरण सहज बनाउन सरकार असफल भएको समेत टिप्पणी गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन पटक पटक सारिँदा जनतामा अन्योल भएको बताउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमार्फत जनताले आफ्नो अधिकार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । सो सभालाई एमाले इलामका अध्यक्ष राम राना, प्रचार विभाग प्रमुख नवराज शङ्करलगायतले सम्बोधन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य डम्बर पहाडी, सानु पहाडीको समेतको उपस्थिति रहेको थियो ।

गाउँ कमिटी अध्यक्ष ओमनारायण खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा युवा सङ्घ चुलाचुलीका संयोजक कञ्चन राईले मन्तव्य राख्नुभएको थियो भने सभामा गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवार क्रमशः प्रदीपचन्द्र राई र निर्मला दाहालले प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको