अर्थ संसार, काठमाडौं नेकपा एमाले स्थानीय तहको पहिलो चरणको निर्वाचमा पहिलो भएपछि तराईमा एमालेको लहरै चलेको छ ।
यतिखेर अन्य पार्टी छाटेर एमालेमा प्रवेश गर्ने लहरै छ । एमालेप्रति फैलाइएको भ्रमक प्रचारमा सत्यता तराईका जनताले नभेटपछि अन्य पार्टी छाडेर एमालेमा प्रवेश गर्नेको लर्काे लागेको हो । यसको गतिलो उदाहारण हो राष्ट्रिय जनता पार्टी नेपालकी कोषाध्यक्ष अनिता यादव हो ।
राजपा पार्टीको एक महत्वपूर्ण जिम्मेवार कोषाध्यक्ष समाल्दै आएकी अनिता यादव राजपा त्याग गरी नेकपा एमालेमा प्रवेश गरेपछि तराईमा एमालेको लहर चलेको छलाङ्ग भएको छ ।
यादव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुन् । आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टी प्रवेश गराए । यादवको प्रवेशमा एमालेविरुद्ध तराई मधेसमा फैलाइएको भ्रमको जवाफ दिएको ओलीले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस