Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वखेलाडी जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक

अर्थ संसार

शनिबार, २० कार्तिक २०७८, १५ : ४७ मा प्रकाशित

पूर्वखेलाडी जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक

कतारी क्लब अल सादले सहमति जनाएसँगै  प्रशिक्षक जाभी बार्सिलोना फर्कने भएका छन् । बार्सिलोनाका पूर्वमिडफिल्डर जाभीले बिहीबार आफ्नो क्लब भविष्यका बारेमा छिट्टै निर्णय गरिदिन अल सादलाई आग्रह गरेका थिए । त्यस आग्रहसंगै सहमति बनेपछी जाभी बार्सिलोना फर्किने पक्का भएको थियो । 

सामाजिक संजालमा क्याटलोनियन क्लब बार्सिलोनाले जाभीलाई शनिबार बिहान स्वागत गरेको छ  । यससँगै अब जाभी प्रशिक्षकको भूमिकामा बार्सिलोना फर्कनेछन्   । 

गत साता रोनाल्ड कोम्यान बर्खास्तगीमा परेसँगै जाभी क्याम्प नाउ भित्रने चर्चा चुलिएको थियो । बार्सिलोनाबाट जाभीले सात सय ७९ खेलमा तीन सय २५ उपाधि जितेका थिए । 

एक पटकका विश्वविजेता र दुई पटकका युरोपियन च्याम्पियनसिप विजेता जाभी सन् २०१५ मा बार्सिलोनाबाट अल साद भित्रिएका थिए । सन् २०१९ बाट जाभीले अल सादको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको