Like us!
Follow us!
Connect us!
Watch us!

एलजीबीटी समूहका सदस्यलाई जुनसुकै बेला हत्या गर्ने तालिवानको चेतावनी

अर्थ संसार

आइतबार, २१ कार्तिक २०७८, १० : ४३ मा प्रकाशित

एलजीबीटी समूहका सदस्यलाई जुनसुकै बेला हत्या गर्ने तालिवानको चेतावनी

अफगानिस्तानमा तालिवानले लेस्बियन, गे, बोइसेक्सुअल तथा ट्रान्सजेन्डर (एलजीबीटी) समूहका व्यक्तिहरुको सूची तयार गर्दै उनीहरुलाई कुनै पनि बेला हत्या गर्ने चेतावनी दिएको छ । एलजीबीटीको हक अधिकारका लागि काम गर्दै आएको एक गैरसरकारी संस्थाले तालिवानले एलजीबीटीमा आबद्ध व्यक्तिको हत्या सूची तयार पारेको दाबी गरेको हो । 

अफगानिस्तानबाट अगस्टको अन्त्यमा अमेरिकी सेना फर्किएपछि तालिवानले समलिंगीहरुलाई खोजेर उनीहरुको हत्या सूची तयार पारेको क्यानडाको गैरसरकारी संस्था रेनबो रेलरोडका किमाली पोवेलले बताए । 

हिंसा र धम्कीपछि देश छोडेका व्यक्तिहरुको उद्दारका लागि खोलिएको सो संस्था अहिले अफगानिस्तानमा केन्द्रित छ । अहिले अफगानिस्तानबाट कम्तिमा २०० जनाको तत्काल उद्दार गर्नुपर्ने संस्थाले जनाएको छ । गत साता मात्रा संस्थाले २९ जनाको रिहाई गरेको थियो । 

तालिवानले एलजीबीटी समुदायका व्यक्तिको घरमा छापा मारेर उनीहरुलाई भौतिक कारबाही गरेको समाचारमा जनाइएको छ । तालिवानले उनीहरुको मोवाईल कब्जा गरेर एलजीबीटी समुदायका गोप्य सूचना लिएको छ । तालिवानले केही दिनअघि एलजीबीटीमा आबद्ध एक व्यक्तिको राहदानी जलाइदिएका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको