Like us!
Follow us!
Connect us!
Watch us!

फुडमाण्डु सञ्चालनको ११ वर्ष पुरा, हाम्रो पात्रोसँग सहकार्य गर्ने

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १२ : ०६ मा प्रकाशित

फुडमाण्डु सञ्चालनको ११ वर्ष पुरा, हाम्रो पात्रोसँग सहकार्य गर्ने

नेपालको पहिलो अनलाईन फुड डेलिभरी कम्पनी फुडमाण्डुले सञ्चालनको ११ वर्ष पुरा गरेको छ । सन् २०१० को नोभेम्बर ११ देखि सञ्चालनमा आएको कम्पनीमा काठमाण्डौं उपत्यका एवं पोखराका सयौं रेष्टुरेण्टहरु आवद्ध छन् । आवद्ध रेष्टुरेण्टहरुका परिकारहरु कम्पनीको वेवसाईट तथा मोबाईल एप मार्फत अर्डर गर्न सकिन्छ । साथै कम्पनीले ग्रोसरी डेलिभरी सेवा पनि सञ्चालन गर्दै आएको छ । 

”संचालनको यो एक दशक भन्दा बढिको समय हाम्रो लागी निकै महत्वपूर्ण रहयो र यो अवधिमा हामीले निकै उतार चढावको अनुभव हासिल गर्यौं ।”, कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने । ग्राहकहरुको रुची र माग अनुसार हामीले हाम्रा सेवाहरुलाई थप परिस्कृत गर्दै देशका थप अरु प्रमुख शहरहरमा सेवा विस्तारको योजना भएको कुरा अधिकारीले बताएका छन् ।

”वार्षिक उत्सवको अवसरमा कम्पनीले आर्कषक छुटहरुको व्यवस्था मिलाएको छ । ११ दिनसम्म हरेक दिन रु. १,१११ को आकर्षक कम्बो डिल तथा केहि आवद्ध रेष्टुरेण्टहरुसँगको सकहार्यमा विलकुलै नौलो परिकारहरु पनि आफ्ना ग्राहकसामु पस्कदैछौं”, कम्पनीका ब्राण्ड, मार्केटिङ तथा बजार व्यवस्थापक प्रमुख श्याम रत्न मालीले भने ।

हाम्रो पात्रोसँग पनि सहकार्य हुने

आफ्नाे बजार विस्तार गर्ने रणनिती अनुसार देशको सबैभन्दा बढी डाउनलोड भएको र रुचाईएको एप हाम्रो पात्रोसँग सहकार्य गरी उक्त एप मार्फत पनि सिधै फुडमाण्डुबाट खाना अर्डर गर्न मिल्ने व्यवस्था मिलाउन लागेको कुरा कम्पनीले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको