Like us!
Follow us!
Connect us!
Watch us!

फुडमाण्डु ११औँ वर्षमा प्रवेश, १० वटा स्टार्टअपसँग सहकार्य गर्दै

अर्थ संसार

बुधबार, २६ कार्तिक २०७७, ११ : ०० मा प्रकाशित

फुडमाण्डु ११औँ वर्षमा प्रवेश, १० वटा स्टार्टअपसँग सहकार्य गर्दै

अर्थ संसार, काठमाडौं - सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनीले १० औं वर्षमा प्रवेश गरेको छ छ ।

आफ्नो १० औं बार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्टार्टअप कम्पनीहरु सँग १० दिन सम्म सहकार्य गर्ने जनाएको छ । सस्तो डील, यू.जी. बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा जस्ता स्टार्टअप कम्पनीहरु उक्त सहकार्यमा सहभागी हुनेछन् ।

जस अन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरु मार्फत फूडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई सप्राइज दिने योजना भएको कुरा कम्पनीका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी गराए । 

त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि ग्राहकहरुले आफ्नो प्लेटर्फम मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ । यस प्रकारको कार्यले नेपाली स्टार्टअपहरुबीच सहकार्यको विकास हुने साथै नेपाली ग्राहकहरुलाई स्थानीय कम्पनीहरुको बारेमा जानकारी अभिवृद्धि हुने पनि आशा लिएको कम्पनीका संस्थापक मनोहर अधिकारीले बताए ।

कम्पनीले यस अवसर पारेर यहि नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ। जसअन्तरगत २५ भन्दा बढि रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ ।

साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु.५०० सम्म क्यास ब्याक दिनेछ ।

यसका साथै कम्पनीले फुडमाण्डू फ्रेश अफिशियल लोगो सार्बजनिक गरेको छ । फुडमाण्डु फ्रेशले फ्रेश ग्रोशरी डेलिभरी सेवाहरु नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोशरीबाट सिधै ग्राहकहरुको ढोकामा डेलिभरी गर्दै आएको छ। यसमा फ्रेश भेजिटेबल, फ्रोजन मिट, बेकरी आईटम र फलफुललगायतका ताजा उत्पादनहरु डेलिभरी गर्दै आइरहेको छ ।

यहि अवसरमा कम्पनीले नयाँ सेवा 'फूडमाण्डु गो' को पनि घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरुको लागि फुड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रुपमा उपलब्ध हुनेछ । जसअन्तर्गत आफ्नो रेष्टुरेन्टमा आएका अर्डरहरु डेलिभरी गर्न फुडमाण्डुको लजिस्टिक फ्लीटलाई प्रयोग गर्न सक्ने फुडमाण्डुका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले बताए ।

नेपालको पहिलो र नेतृत्वदायी फुड डेलिभरी कम्पनी फुडमाण्डुले हाल दैनिक १,००० भन्दा बढि फुड डेलिभरी गर्दै आएको छ, जसले नेपालमा २५० जना भन्दा बढिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ ।

कम्पनीले आगामी दिनमा आफ्नो सेवालाई थप स्थानहरुमा समेत बिस्तार गर्दै लाने उद्धेश्य लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको