Like us!
Follow us!
Connect us!
Watch us!

फूडमाण्डुको अर्डरको भुक्तानी आइएमई पेबाट  गर्न सकिने

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०७७, १६ : २८ मा प्रकाशित

फूडमाण्डुको अर्डरको भुक्तानी आइएमई पेबाट  गर्न सकिने

डिजिटल भुत्तानीको माध्यम ‘आइएमई पे' र अनलाईन फुड डेलिभेरी सेवा प्रदायक कम्पनी फूडमाण्डुवीच सम्झौता भएको छ । सम्झौता अनुसार फूडमाण्डुबाट अर्डर गरेको खानाहरुको भुक्तानी सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग गर्न सक्ने छन् । 

फूडमाण्डु र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि आइएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा शुरु गरिएको हो । 

उक्त अवसरमा बोल्दै आइएमई पे डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फूडमाण्डुमा ‘आइएमई पे' को भुक्तानी सेवा संगै २५% क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी  सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताएका छन् ।

सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै  विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सक्नेछन् । फूडमाण्डुले उपत्यका लगायत पोखराबाट पनि सेवा प्रदान गरिरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको