Like us!
Follow us!
Connect us!
Watch us!

‘रियलमी जिटी नियो २’ नेपालमा सार्वजनिक, मूल्य कति छ ?

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १३ : ०७ मा प्रकाशित

‘रियलमी जिटी नियो २’ नेपालमा सार्वजनिक, मूल्य कति छ ?

रियलमीले औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ। यसको मूल्य ५४ हजार १ सय ९९ रूपैयाँ रहेको छ। यसमा ८/१२८ जीबी स्टोरेज रहनेछ । 

लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको हो जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिनेछ । सुरुका ग्राहकहरुले तोकिएको भन्दा ३ हजार रूपैयाँ कम मूल्य ५१ हजार १ सय ९९ रूपैयाँमा यो मोवाइल फोन खरीद गर्न पाउनेछन् । 

रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुनेछ । इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा ५१ हजार १ सय ९९ को सुरुवाती मूल्यमा अग्रीम बुकिङ्ग गर्न र दराजको ११.११ का सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।

यस सुविधा अन्तर्गत कार्तिक २८ देखि भाउचर तथा बैँकिङ्ग छुटमा वितरण शुरु हुनेछ तथा अफलाइन ग्राहकले कार्तिक २७ देखि अग्रीमबुकिङ्गगर्न सक्नेछन् । रियलमीनियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ रङ्गमा उपलब्ध हुनेछ । 

618ce35dc6a6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको