Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंककाे साधारण सभा आज, १४ प्रतिशत लाभांश हुँदै

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, ०७ : २८ मा प्रकाशित

माछापुच्छ्रे बैंककाे साधारण सभा आज, १४ प्रतिशत लाभांश हुँदै

माछापुच्छ्रे बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज (कार्तिक २६ गते, शुक्रबार) हुँदैछ । कम्पनीको तेइसौँ वार्षिक साधारण सभा होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा बिहान ११ बजबजेदेखि भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ ।

सभाले बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ७ गते बुकक्लोज गरेको थियाे । त्यसैले, कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको