Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, १२ : ०७ मा प्रकाशित

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकले ३५ हजार ५ सय ३५ दशमलव ९९ कित्ता कित्ता संस्थापक सेयर बिक्री गर्न लागेकाे हाे ।

बैंकले यसअघि भदाै २ गते एक सूचना प्रकाशन गर्दै न्यूनतम बिक्री मूल्य प्रतिसेयर २ सय ४ रूपैयाँ तोकी बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे केन्द्रीय कार्यालय, नारायणहिटी पथ, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको