Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, १७ : ०१ मा प्रकाशित

माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित

माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँं वार्षिक साधारण सभा आज कार्तिक २६ गते शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न भएको छ । 

यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को  सञ्चालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश   (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण  गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको सञ्चालकहरुको नियुक्ती अनुमोदन गरिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको