इलाम– नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले एमालेकै पहलमा सरकारले निर्वाचनको मिति तोक्न बाध्य भएको बताउनुभएको छ ।
“सरकार विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा थियो, तर एमालेको निरन्तर दबाबका कारण सरकार मिति तोक्न बाध्य भयो”– नेम्वाङले भन्नुभयो ।
नेकपा ९एमाले०द्वारा माङ्सेबुङ गाउँपालिकाको चिसोपानी पञ्चमीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उपनेता नेम्वाङले राजपाको बहाना बनाएर निर्वाचन पछि धकेल्न सरकार उद्दत रहेको बताउनुभयो ।
दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी गर्दै उहाँले जनता एमालेकै पक्षमा रहेको जिकिर गर्नुभयो । आफ्नो पार्टी सरकारमा हुँदा विकास निर्माणको कार्यले प्राथमिकता पाएको चर्चा गर्दै उहाँले सरकारले गरेका गल्तीका कारण राँके–रवि–दमक सडकको ठेक्का लाग्न नसकेको आरोप लगाउनुभयो ।
पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्लाको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सभामुख हुँदा विशेष पहल गरेको पनि उहाँले उल्लेख गर्नुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस