विभिन्न तरिकाले अनलाईन मार्फत् ठगि गर्ने ब्यक्तिलाई नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको छ ।
महाशाखाका अनुसार रुकुम रन्मामैमकोट गा.पा ३ घर भई हाल काठमांडौ नेपालटार बस्ने २३ बर्षिय विकाश गुरुङलाई उन्नाईस लाख साठ्ठी हजार नगद सहित पक्राउ गरिएको हो ।
अभियुक्तले प्रयोगकर्ताहरुको मोबाईलमा सम्पर्क गरी विभिन्न व्यक्तिहरुलई चिठ्ठा परेको छ, विदेशबाट सामानर पार्सल आएको छ भनि सो सामान लिन र चिठ्ठामा दावी भुक्तानी लिन कर तिर्नु पर्ने झुट्टा बहाना बनाई कर बापतको रकम विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाई ठगि गर्ने व्यक्तिलाई गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति कार्तिक २६ गते दिउँसो काठमाण्डौ गैरीधाराबाट ठगि गरेको रकम सहित पक्राउ गरी थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर पठाईएको अपराध महाशाखाले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस