Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर भाँडिएको हो, के भन्छन् इन्भेष्टमेन्टका सीईओ ?

अर्थ संसार

बुधबार, ०१ मंसिर २०७८, ११ : ३९ मा प्रकाशित

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर भाँडिएको हो, के भन्छन् इन्भेष्टमेन्टका सीईओ ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हुन लागेकाे मर्जर भाँडिएकाे खबर बाहिरीएकाे छ । बजारमा मर्जर भाँडिएकाे हल्ला आएपछि आम लगानीकर्ताहरूमा यस विषयमा बुझ्न कौतुहलता छाएको छ । लगानीकर्ताहरूकाे यही काैतुहलता मेटाउन हामीले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्याेति प्रकाश पाण्डेसँग कुरा गरेका छाैँ । 

उनका अनुसार मर्जर भाँडिएकाे भन्ने खबरहरू हल्ला मात्रै हुन् । अर्थसंसार डटकमसँग पाण्डेले भने, "हालसम्म हामी मर्जरकाे अन्तिम प्रकृयामा छाैँ । लाेगाेहरू सबै बनिसकेकाे छ । सफ्ट्वेयर कुन प्रयाेग गर्ने भन्ने पनि टुङ्गाे लागिसक्याे । दुवै बैंककाे कर्मचारी संख्या के गर्ने भन्ने कुरा मात्रै निश्चित हुन बाँकी छ । छिट्टै नै मर्जरकाे काम सक्ने गरी तयारी भइरहेकाे छ ।"

"केही विषयहरू मिल्न बाँकी नै छन् ती विषयहरू कसरी मिलाउन सकिन्छ भनेर सल्लाह भइरहेकाे छ तर बजारमा अहिले हल्ला फैलिए जसरी मजर्र प्रक्रिया नै भाँडिएकाे भन्ने कुरामा आजको दिनसम्म कुनै पनि सत्यता छैन् पाण्डेले भने ।

दुवै बैंकबीच वैशाख ३० गते, बिहिबार एक आपसमा गाभ्न गाभिनका लागि प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस्ताक्षर भएको थियाे। हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतम तथा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडेले उक्त सम्झौतापत्रमा  हस्ताक्षर गरेका थिए ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, बन्यो नेपालको ठूलो बैंक

 नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे छ ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड” हुनेछ भने सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ ।  

मर्ज हुन लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक, लाभांश वितरणमा कुन बैंक बलियो ?

मर्जर पछि बन्ने बैंकको सञ्चालक समितिमा हिमालयनको तर्फबाट ३ जना र इन्भेष्टमेन्ट बैंकको तर्फबाट ३ जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले १ जना स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ ।

मर्जर पछि यो बैंक नेपालको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि याे बैंक हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ । 

दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने तय भएको हुँदा दुवै बैंकका सेयरधनीहरुसँग जति कित्ता सेयर छ त्यति नै नयाँ बन्ने बैंकको सेयर प्राप्त गर्नेछन् । 

सेयरबजारबाट नाफा कसरी ? साना लगानीकर्तालाई काकाको सेयर सुझाव | 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको