Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले गर्यो हिमालयन बैंकलाई कारबाही : कर्जा-निक्षेप अनूपात कायम नमिल्दा १.६४ करोडको जरिवाना

अर्थ संसार

शुक्रबार, ०३ कार्तिक २०८०, १६ : ३७ मा प्रकाशित

राष्ट्र बैंकले गर्यो हिमालयन बैंकलाई कारबाही : कर्जा-निक्षेप अनूपात कायम नमिल्दा १.६४ करोडको जरिवाना

नेपाल राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई कारबाही गरेको छ। राष्ट्रबैंकको पनि सुपरिवेक्षण विभागले हिमालयन बैंकलाई कारबाही गरेको हो।

केन्द्रिय बैंकले आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासका इजाजतप्राप्त “क” बर्गका वाणिज्य बैंकहरु र बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक, सुपरिवेक्षण विभागबाट गरिएको कारवाही विवरण गरेको बताइएको छ। 

राष्ट्र बैंकले हिमालयन बैंक लिमिटेडलाई बैशाख महिनामा कर्जा-निक्षेप अनूपात कायम नगरेको भन्दै कारबाही गरेको हो।  

राष्ट्र बैंकले हिमालयन बैंकलाई  १ करोड ६७ लाख ७१ हजार ४२४ रुपैयाँको कारबाही गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको