Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकले एफपीओ प्रस्तावसहित साधारण सभा बोलायो, पुस १८ मा बुक क्लोज

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, ०७ : ४५ मा प्रकाशित

हिमालयन बैंकले एफपीओ प्रस्तावसहित साधारण सभा बोलायो, पुस १८ मा बुक क्लोज

हिमालयन बैंक लिमिटेडले आफ्नो ३२औँ वार्षिक साधारण सभा पुस २९ गते आयोजना गर्ने भएको छ। बैंकको सञ्चालक समितिको पुस ७ गते बसेको बैठकले सभा काठमाडौँको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान १० बजे गर्ने निर्णय गरेको छ।

यस पटकको सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन। सभामा बैंकको वार्षिक प्रतिवेदन र वित्तीय विवरण पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालकको चयन गर्ने, र विभिन्न खर्च अनुमोदनका एजेन्डा राखिएको छ।

थप रूपमा, बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ (थप सार्वजनिक निष्कासन) प्रिमियममा जारी गर्ने प्रस्ताव राखेको छ। एफपीओ निष्कासनपछि जारी र चुक्ता पूँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विषय पनि सभामा पेस हुनेछ।

साधारण सभाका लागि बैंकले पुस १८ गते बुक क्लोज गर्ने भएको छ। त्यसैले, पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको