Like us!
Follow us!
Connect us!
Watch us!

मर्ज हुन लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक, लाभांश वितरणमा कुन बैंक बलियो ?

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, ०८ : ५५ मा प्रकाशित

मर्ज हुन लागेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक, लाभांश वितरणमा कुन बैंक बलियो ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड दुवै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकहरू हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अन्तिम कारोबार मूल्य नेपाल इन्भेष्टमेन्ट बैंककाे सेयरमूल्य प्रतिकित्ता ४ सय ६० रूपैयाँ रहेकाे छ भने हिमालयन बैंक लिमिटेडकाे  सेयरमूल्य प्रतिकित्ता ४ सय ८४ रूपैयाँ रहेकाे छ ।

नेप्सेमा अहिले यी दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे हाे ।

प्राइम बैंकको १० वर्षको लाभांश इतिहास, लगानीकर्ता हजारबाट लखपति !

यी २ बैंक एक आपसमा गाभिएपश्चात् नेपालको सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ । हाल नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्नेछ । 

यी दुवै बैंककाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा नेपाल इन्भेष्टमेन्ट बैंकले धेरैमा ५० प्रतिशतसम्म र थाेरैमा १८.५ प्रतिशतसम्म लाभांश वितरण गरेकाे छ भने हिमालयन बैंक लिमिटेडले धेरैमा ४२.१ प्रतिशतसम्म र थाेरैमा १५ प्रतिशतसम्म लाभांश वितरण गरेकाे छ ।

दुवै बैंककाे १० वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र २५ प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०६७/६८ मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १६.८४२१ प्रतिशत नगद गरि कूल ३६.८४२१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र ५ प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०६८/६९ मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र १३.४२११ प्रतिशत नगद गरि कूल २८.४२११ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

मुक्तिनाथ विकास बैंकः मोफसलमा जन्मेर केन्द्रीय तहमा अग्रणी, लाभांशमा समेत सबैलाई उछिन्दै

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र २५ प्रतिशत नगद गरि कूल ३५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०६९/७० मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १० प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र २५ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०७०/७१ मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ६.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०७१/७२ मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ३५ प्रतिशत बाेनस र ७.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र २१ प्रतिशत नगद गरि कूल ४१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०७२/७३ मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५७ प्रतिशत नगद गरि कूल ३१.५७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

ग्लोबल आईएमई बैंकः लाभांशमा अब्बल, सेयर मूल्य सस्तो

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र २५ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०७३/७४ मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस र १.३१५८ प्रतिशत नगद गरि कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १८ प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।  आर्थिक वर्ष २०७४/७५ मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र १०.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १०.५ प्रतिशत बाेनस र ८.५ प्रतिशत नगद गरि कूल १९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०७५/७६ मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र २२ प्रतिशत नगद गरि कूल २२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस र ५.५ प्रतिशत नगद गरि कूल १८.५ प्रतिशत लाभांश वितरण गरेकाे छ । आर्थिक वर्ष २०७६/७७ मा हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १४ प्रतिशत बाेनस र ६ प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेकाे छ ।

नेपाल बङ्गलादेश बैंकको ८ वर्षको लाभांश इतिहास : १० गुणाले बढ्यो लगानी 

नेपाल इन्भेष्टमेन्ट बैंककाे सेयरमा १० वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर २ लाख ४५ हजार ६ सय ४० रूपैयाँ पुगेकाे छ भने हिमालयन बैंककाे सेयरमा १० वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसबाट अहिले बढेर २ लाख ३२ हजार ८ सय ४ रूपैयाँ पुगेकाे छ ।  दुवै बैंकले वितरण गरेका लाभांशलाई तुलणात्मक रूपले हेर्दा नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताहरूले हिमालयन बैंकका लगानीकर्ताहरूले भन्दा १२ हजार ८ सय ३६ रूपैयाँ धेरै कमाएका छन् । बाेनसमा मात्र नभएर नगद लाभांशमा पनि नेपाल इन्भेष्टमेन्ट बैंक नै अब्बल देखिएकाे छ । नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताले नगद लाभांशबाट २० हजार रूपैयाँ भन्दा धेरै प्राप्त गर्दा हिमालयन बैंकका लगानीकर्ताले १० हजार रूपैयाँ मात्रै प्राप्त गरेका छन् ।

हेर्नुहाेस् तालिका :

 

 

 

60b0ab237e409.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको