Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको देखियो फितलो व्यवस्थापन: खुद नाफा ३१.२२% ले अझ घट्यो वितरणयोग्य मुनाफा ऋणात्मक नै

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, ०८ : ०५ मा प्रकाशित

हिमालयन बैंकको देखियो फितलो व्यवस्थापन: खुद नाफा ३१.२२% ले अझ घट्यो वितरणयोग्य मुनाफा ऋणात्मक नै

हिमालयन बैंक लिमिटेडले यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकका सूचकहरु कमजोर देखिएका छन्।

खुद नाफामा ब्यापक गिरावट 

हिमालयन बैंकको खुद नाफामा ब्यापक गिरावट देखिएको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा ३१.२२ प्रतिशत कम मात्र नाफा गर्न सकेको छ। 

गत आर्थिक वर्षको पहिलो तीन महिनमा बैंकले  १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो जुन अहिलेको पहिलो ३ महिनामा ७२ करोड ६४ लाख रुपैयाँमा सिमित बन्न पुगेको छ। 

खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानीमा गिरावट 

यस आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी र खुद फि तथा कमिशन आम्दानीमा गिरावट देखिएको छ। बैंकको  खुद ब्याज आम्दानीमा  २२.८८ प्रतिशतको र खुद फि तथा कमिशन आम्दानी १५.६८ प्रतिशतको गिरावट देखिएको छ। बैंकले यस त्रैमासमा खुद ब्याज आम्दानी वापत २ अर्ब ४५ करोड आर्जन गरेको छ भने खुद फि तथा कमिशन २४ करोड ६८ लाख कमाएको छ। 

कुल सञ्चालन आम्दानी 

बैंकको कुल सञ्चालन आम्दानी पनि २०.८९ प्रतिशत घटेको छ। यस त्रैमासमा बैंकले केवल २ अर्ब ८३ करोड यो आम्दानी गरेको छ जुन गत वर्षको सोहि अवधिमा ३ अर्ब ५८ करोड रहेको थियो। 

सञ्चालन मुनाफा

बैंकको सञ्चालन मुनाफा भने बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ५० करोड सञ्चालन मुनाफा गरेको हिमालयनले यो वर्ष भने नाफा १ अर्ब ८१ करोड पुगेको छ। 

वितरणयोग्य मुनाफा ऋणात्मक
३ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ ऋणात्मक

प्रति सेयर आम्दानी
१३ रुपैयाँ ४२ पैसा ( ६ रुपैयाँ ९ पैसा घट्यो)

प्रति सेयर नेटवर्थ
१७९ रुपैयाँ ६८ पैसा

मूल्य आम्दानी अनुपात
२०.६५ गुणा

चुक्ता पूँजी
२१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको