Like us!
Follow us!
Connect us!
Watch us!

को हुन् सातौंपटक सर्वोत्कृष्ट व्यक्तिगत करदाता बनेका सिद्धार्थ शम्शेर राणा ?

अर्थ संसार

विहीबार, ०२ मंसिर २०७८, १३ : १९ मा प्रकाशित

को हुन् सातौंपटक सर्वोत्कृष्ट व्यक्तिगत करदाता बनेका सिद्धार्थ शम्शेर राणा ?

सिद्धार्थ शम्शेर राणा यो नाम सुन्दा हरेक नेपालीलाई लाग्छ कि हो यो नाम त कतै सुनेकै हो । उनि हुन् नेपालमै सबैभन्दा धेरै पटक सर्वोत्कृष्ट व्यक्तिगत करदाता बनेका व्यक्ति उनले यो बर्ष सहित ७ पटक सर्वोत्कृष्ट व्यक्तिगत करदाता बनेर सम्मान पाईसकेका छन् । सात पटक पुरस्कार पाएकोमध्ये अहिलेसम्म उनि १ पटक मात्रै समारोहमा आफैं उपस्थित भएका थिए ।

उनि समाचार बन्ने र मिडियामा छाउने भनेकै यहि बेला हो अरुबेला उनि मिडियाहरुबाट गायव जस्तै हुन्छन् । खासै मिडियामा आउन नरुचाउने राणाको पेसा व्यवसाय के हो भन्ने कुरा धेरै नेपालीलाई थाहा नै छैन । उनि यो पटक पनि सर्वोत्कृष्ट व्यक्तिगत करदाताका रुपमा सम्मानित भइसकेका छन् तर उनले सरकारलाई तिरेको करको रकम भने सार्वजनिक गरिएको छैन । 

राणा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपालको सञ्चालक समितिका निर्देशक समेत हुन् । उनिसंग संगै उनि निर्देशक रहेको कम्पनी सूर्य नेपाल र सिप्रदी ट्रेडिङ समेत सबैभन्दा बढि राजस्व तिर्ने कम्पनीहरु मध्यमा पर्दछ । 

राणाले नेतृत्व गरेका कम्पनीहरु नेपालकै सफल कम्पनीहरु मध्यमा पर्छछन् । उनले नेतृत्व गरेको सूर्य नेपाल नपालकै देशकै सफल कम्पनीको सूचीमा अग्रस्थानमा छ, त्यस्तै सिप्रदी ट्रेडिङ नेपालमा टाटा मोटर्सको आधिकारिक विक्रेता पनि हो भने यो कम्पनीले विभिन्न अटो पार्ट्सको पनि विक्री वितरण गर्छ । सिप्रदीले नेपालको यातायातको क्षेत्रमा पनि ठूलो योगदान गरेको छ । 

राणा नेतृत्वको कम्पनीको लगानी सोल्टी होटलमा पनि छ । राणाका बाबु स्वर्गीय प्रभाकर राणाले स्थापना गरेको सोल्टीसहित होटल व्यवसायलाई विस्तार गर्न अहिले उनले जोडबल गरेका छन् । काठमाडौंको रविभवनमा नयाँ पाँचतारे होटल उनकै नेतृत्वमा खुल्दैछ भने उनकै समूहले बर्दियामा लक्जरी रिसोर्ट सञ्चालन गर्ने तयारी गर्दैछ ।

यसका साथै, राणाको लगानी सिप्रदी इनर्जी, सिप्रदी अर्थमुभर, सिप्रदी अटोपार्टस, सिप्रदी अस्योर्ड, हिमालयन इन्टरनेशनल इनर्जी, भोटेकोशी पावर, तारा म्यानेजमेन्ट, सूर्य फण्ड, सोल्टी ग्रुप, अमरावती ट्राभल, एम ट्रिप लगायत कम्पनीमा समेत छ ।

व्यवसायमा आउनुअघि बेलायतको बार्कलेज बैंक र नेपालको स्टान्डर्ड चार्टर्ड बैंकमा काम गरेका राणा सन् २००१ मा ३४ वर्षको उमेरमा वर्ल्ड इकोनोमिक फोरम, डावोसद्वारा ‘ग्लोबल लिडर फर टुमरो’ का रूपमा सम्मानित भएका थिए । उनी शिक्षा, आर्थिक विकास, सम्पदा सुरक्षा र वन्यजन्तु संरक्षणका क्षेत्रमा पनि सक्रिय छन् । नेपालका ग्रामीण भेगमा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्छन् ।

विभिन्न मिडियाहरुको सहयोगमा ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको