Like us!
Follow us!
Connect us!
Watch us!

वीरेन्द्रनगर बजार क्षेत्रको सडक फराकिलो बनाउने काममा ढिलाइ

अर्थ संसार

शुक्रबार, ०३ मंसिर २०७८, १४ : २४ मा प्रकाशित

वीरेन्द्रनगर बजार क्षेत्रको सडक फराकिलो बनाउने काममा ढिलाइ

वीरेन्द्रनगरको मंगलगढी चौकदेखि गणेश चोकसम्म बाटो फराकिलो बनाउने काममा ढिलाइ भएको छ । वीरेन्द्रनगरको मंगलगढी चोकदेखि बजारक्षेत्र हुँदै गणेशचोकसम्म फराकिलो बाटो बनाउने भनिए पनि काम हुन सकेको छैन । यसअघि नै १८ करोडको टेन्डर भएर १३ करोड ६८ लाखमा खड्का निर्माण सेवासँग सम्झौता भइसक्दा पनि बाटोको काम अघि बढ्न सकेको छैन ।

 लथालिङ्ग विद्युतका तारहरूले यताउती आवतजावत गर्ने यात्रुलाई जतिबेला पनि करेन्ट लाग्न सक्ने र सहरको सौन्दर्यतालाई नै कुरुप बनाएको छ । वीरेन्द्रनगरलाई सुन्दरनगरीय सहर भनिए पनि वीरेन्द्रनगर बजारका मुख्य ठाउँ वीरेन्द्रनगर, बुद्धपथ, मंगलगढी चोकका मुख्य ठाउँमै खाल्डाखुल्डी हुनु अव्यवस्थित विद्युत्‌का तारहरूले वीरेन्द्रनगरको सौन्दर्यलाई कुरूप बनाउँदै लिएको छ । 

यसअघि वीरेन्द्रनगरपालिकाले आर्थिक २०७८/७९ मा मंगलगढी चोकदेखि गणेशचोकसम्म सडक बनाउनको लागि १८ करोडको टेन्डर भइसकेको र लगत्तै काम संचालन हुने भनिए पनि हालसम्म सडक निर्माणकार्य अघि बढ्न सकेको छैन ।

 १५ मिटरको बाटोमा दुई लाइन बाटो बन्ने भनिए पनि त्यो हुन सकेको छैन । बजार क्षेत्रका लथालिङ्ग अवस्थामा रहेका तारहरू हटाउने बाटोलाई फराकिलो बनाउने कामले अहिलेसम्म गति लिन सकेको छैन  । पूर्वाधार विकास निर्देशनालयका अनुसार मंगलगढी चोकदेखि गणेशचोकसम्म सडक क्षेत्राधिकारभित्र घरहरू परेको,विद्युत्‌का तार, पानीका पाइपलाइन हटाउनुपर्ने भएकाले ढिलो भएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर रामशरण आचार्यले बताए । '१८ करोडमा टेन्डर भएर १३ करोड ६८ लाखमा खड्का निर्माण सेवासँग सम्झौता भएको छ’, उनले भने, ‘सडक निर्माण गर्दा पानीका पाइपलाइन,विद्युत्‌का पोल हटाउन चुनौती छ । यसका लागि विद्युत् र खानेपानीलाई पत्र पठाइसकेका छौँ ।’

बजार क्षेत्र व्यापारिक एरिया भएको र त्यसमा पनि सडक क्षेत्राधिकारभित्र घर परेकाे हुनाले समस्यया छ । त्यसमा पनि विद्युत्‌का पोलहरू हटाउनुपर्ने र पानीका पाइपलाइनहरू हटाउनुपर्ने उत्तिकै चुनौती छ । तर, पनि समयमै काम सक्ने गरी लागि परेकाे इन्जिनियर शाहीले भने ।

‘सडक निर्माण गर्नको लागि नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला निकायसँग बसेर उहाँहरूले पनि प्रतिबद्धता जनाउनुभएको छ’, उनले भने, ‘अझै यसमा विद्युत् र खानेपानीले विशेष भूमिका खेले काम केही दिनमै अघि बढ्छ ।’ उनका अनुसार १५ मिटर चौडाइ बाटो ७०/८० सेन्टिमिटरको नालासहितको दुईलेन बाटो, र डेढ मिटरको मान्छे हिड्ने बाटो बन्नेछ ।  

त्यस्तै पुरातात्त्विक महत्व बोकेको काक्रेबिहार जाने बाटोको काम पनि सञ्चालन हुन सकेको छैन । काक्रेबिहार जाने बाटो राम्रो नहुँदा त्यहाँ पुुग्ने पर्यटकले सास्ती भोग्नुपरेको छ । काक्रेबिहार जाँदा बाटोमा भएका खाल्डाखुल्डी र धुलोधुवाँले पुरातात्त्विक महत्त्व बाेकेको काक्रेबिहार पुग्दा हैरानी खेप्नु परेको छ । 

पूर्वाधार विकास निर्देशनालय सुर्खेतका अनुसार मंगलगढीदेखि लाटिकोहिलीसम्म १६ करोडको टेन्डर भएर सम्झौताको क्रममा रहेको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ ।

काक्रेबिहार सडक निर्माणका लागि आशिष हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र १३ करोडमा सम्झौता हुन सक्ने इन्जिनियर सूर्यबहादुरर शाहीले बताए । उनका अनुसार आशिष हाम्रो जेभी सुर्खेतसँग ठेक्का भएको र नालासहितको २२ सय मिटर सडक कालोपत्रे गर्नुपर्नेछ ।  इन्जिनियर शाहीका अनुसार सडक निर्माणका लागि ठेक्का पाएको आशिष हाम्रो जेभी सुर्खेतसँग सम्झौताको लागि छलफल भइरहेको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको