Like us!
Follow us!
Connect us!
Watch us!

योगी बाबा रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

अर्थ संसार

शुक्रबार, ०३ मंसिर २०७८, १६ : १७ मा प्रकाशित

योगी बाबा रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

योगी बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् ।

पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीवार नेपाल आएका भारतीय योगी बाबा रामदेवले शनिवार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन् ।

शनिवार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले बताएको छ ।उनको  साथमा आचार्य बालकृष्णसमेत रहेका छन् । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरि, नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य पनि हो ।     
     
बाबा रामदेव शुक्रवार चन्द्रागिरि पुग्ने र राति त्यहाँ अवस्थित रिसोर्टमा बस्नेछन् । सोही बखत उनले चन्द्रागिरिमा रहेको भालेश्वर मन्दिरमा पूजाअर्चना पनि गर्ने कार्यक्रम छ । योगी बाबा रामदेव बिहीवार नेपाल आएलगत्तै नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश भएको बताए छन् । उनले नेपालसँग आफ्नो तीन दशकदेखिको आत्मीय सम्बन्ध रहेको पनि बताएका छन् ।
     
नेपाल भारतपछि पतञ्जली योगपीठको दोस्रो ठूलो गन्तव्य भएको भन्दै उनले नेपालमा ७० हजार योगगुरु रहेका पनि बताए । शनिवार नै उनले पतञ्जली योगपीठले सञ्चालन गर्ने टेलिभिजनको शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको