Like us!
Follow us!
Connect us!
Watch us!

राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन ?

अर्थ संसार

शनिबार, ०४ मंसिर २०७८, ०९ : २६ मा प्रकाशित

राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन ?

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ ।  मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताकाे समय दिएर याेग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको हो । 

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि ३१ असोज मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बरखास्त गरेकाे थियाे । त्यसयता राखेप सदस्यसचिव विहीन छ । 

अघिल्लो वर्ष जारी भएको ऐनमा व्यवस्था भएअनुसार राखेप सदस्यसचिव खुला प्रतिस्पर्धाबाट चयन हुनुपर्छ । यसका लागि स्नातक पास गरेकाे, खेलकुदमा कम्तिमा दशक अनुभव लगायतका मापदण्ड छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको