Like us!
Follow us!
Connect us!
Watch us!

खोपको सर्वत्र पहुँच भएको अस्ट्रियामा किन भयो चौथो पटक लकडाउन ?

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, ०९ : ५३ मा प्रकाशित

खोपको सर्वत्र पहुँच भएको अस्ट्रियामा किन भयो चौथो पटक लकडाउन ?

युरोपेली मुलुक अस्ट्रियामा चौथो पटक लकडाउन भएको छ । कोभिड संक्रमणमा तीव्र बृद्धि भएसँगै सरकारले फेरि लकडाउन घोषणा गरेको हो । कोभिड खोपको पहुँच भए पनि अस्ट्रियाका धेरै नागरिकले खोप लगाएका छैनन् । 

पछिल्लो लकडाउन पहिला जस्तै हुनेछ । बढी भिड हुने ठाउँ जस्तैः रेस्टुराँ, क्याफे, खेल मैदान, म्युजियम, नाट्यशाला, सैलुन कम्तिमा २० दिन खुल्ने छैनन् । 

पर्यटकहरुको किनमेलको प्रमुख केन्द्र क्रिस्मस बजार पनि बन्द हुनेछन्  । त्यस्तै, सम्पूर्ण होटलहरु पनि बन्द हुनेछन् । सरकारले लकडाउन घोषणा गरेसँगै हजारौँ प्रदर्शनकारीले राजधानी भियनामा विरोधमा उत्रिएका छन् । 

लकडाउन उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने सरकारले जनाएको छ । अविश्वासका कारण अझै पनि अस्ट्रियाको ठूलो जनसंख्याले खोप लगाएको छैनन् ।

सरकारले सन् २०२२ देखि कोभिडविरुद्धको खोप अनिवार्य बनाउने घोषणा गरेको छ । युरोपेली देशहरूमध्ये खोपलाई अनिवार्य कानुनी व्यवस्था गर्ने अस्ट्रिया पहिलो मुलुक हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको