Like us!
Follow us!
Connect us!
Watch us!

गाँजा तस्करीमा अमेजन इन्डिया तानियो, दुई व्यापारीविरुद्ध मुद्दा

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, १० : २९ मा प्रकाशित

गाँजा तस्करीमा अमेजन इन्डिया तानियो, दुई व्यापारीविरुद्ध मुद्दा

गाँजा तस्करीमा अनलाइन किनमेल वेबसाइट एअमेजन प्रयोग भएको भन्दै सो कम्पनीका भारतीय व्यापारीविरुद्ध लागुपदार्थ कारोबारको मुद्दा दायर भएको छ । २० केजी गाँजा तस्करी गरेको आरोपमा गत साता पक्राउ परेका अमेजनका दुई जना व्यापारीहरुलाई मध्यप्रदेश प्रहरीले मुद्दा दायर गरेको हो ।

प्रहरीले अमेजन इन्डियामा कार्यकारी निर्देशकमाथि लागुऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाएको हो । उनीहरुले स्टिभियाको पात भन्दै अमजेनमार्फत भाङ बेचेका थिए ।

यसैबीच, अमेजनले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी बस्तु बेच्न राख्न नपाइने भन्दै त्यस्तो कार्यमा संलग्न व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । गैरकानुनी बस्तु बिक्री गरिएको विषयमा अनुसन्धान गरिएको पनि अमेजनले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको