Like us!
Follow us!
Connect us!
Watch us!

देउवाको मन्त्रीपरिषद् किन विस्तार भएन ?

बुधबार, ०७ असार २०७४, १८ : ०९ मा प्रकाशित

देउवाको मन्त्रीपरिषद् किन विस्तार भएन ?

अर्थ संसार, काठमाडौँ– सरकार गठन भएको लामो समय हुन लाग्दा समेत प्रधानमनत्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्न सकेका छैनन् । सरकार गठन भएको लामो समयसम्म पनि मन्त्रीपरिषद् विस्तार हुन नसक्नुको पछाडि गुटगत झगडा एवम् आन्तरिक किचलो नै प्रमुख कारण रहेको पाइएको छ ।

मन्त्रीपरिषद् त विस्तार भएन भएन आफ्नै सचिवालय समेत ्रधानमन्त्री देउवाले विस्तार गर्न सकेका छैनन् । प्रेस सल्लाहकार समेत नियुक्त गर्न नसकेका प्रधानमन्त्री देउवाका गतिविधि सहज रुपमा सञ्चार माध्यममा आउन सकेका छैनन । प्रधानमन्त्रीको प्रेस सल्लाहकार बन्न नेपाल प्रेस यूनियनका बद्री सिग्देल, रेडियो नेपालका कर्मचारी समिरजंग शाह, वरिष्ठ पत्रकार किशोर नेपाललगायत करिब एक दर्जनले दावी गरेका छन् ।

त्यतिमात्रै होइन प्रधानमनत्रीले वैदेशिक मामिला हेर्ने सल्लाहकार समेत नियुक्त गरेका छैनन । स्वकिय सचिव समेत देउवाले नियुक्त गरेका छैनन । लामो समयदेखि साथमा रहँदै आएका भानु देउवाको भरमा उनले सचिवालय चलाएका छन् ।

प्रधानमन्त्रीको सचिवालय चुस्त र सञ्चारमैत्री एवम् कार्यकर्तामैत्री हुन नसकेको गुनासो बढीरहेको छ । त्यसले सरकारको काम कारवाहीलाई प्रभावकारी रुपमा जनतासम्म सम्प्रेषण हुन सकेको छैन ।
सचिवालयमा काम गर्न चाहनेहरुको भीड समेत नसोचेको बढी रहेको छ ।

भीड व्यवस्थापन गर्न समेत प्रधानमन्त्रीले सकेका छैनन । उता पार्टी भित्रका प्रतिपक्षी नेता रामचन्द्र पौडेलले मन्त्री पदमा कुनै हैसियत नै नभएकालाई अगाडि सारेका कारण मन्त्रीपरिषद् विस्तार हुन नसकेको हो ।

रामचन्द्र पौडेलले बलबहादुर केसीलाई जसरी भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउनुपर्ने दबाव दिएका छन् । तर प्रधानमन्त्री देउवा केसीलाई मन्त्री बनाउने पक्षमा छैनन । पर्खाल चढेको तथा विगतमा केसीको छवी राम्रो नभएको भन्दै देउवाले कुनै पनि हालतमा केसीको नाम नल्याउन पौडेललाई चेतावनी नै दिएका छन् ।

उता आनै गुट व्यवस्थापन गर्न समेत देउवालाई हम्मे हम्मे परेको बताइन्छ । विमलेन्द्र निधिलाई उपसभापति बनाउने बचन दिएका छन् देउवाले । तर उपसभापतिमा चासो राख्नेहरुको समूह पनि ठूलै रहेको काँग्रेसका नेताहरुले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको