कपिलवस्तुमा गत शुक्रबारदेखि हराएका व्यापारी खोज्न एक्सपर्ट डग (कुकुर) परिचालन भएको छ ।
शिवराज नगरपालिका-५ चन्द्रौटामा खाद्यान्न पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए । ससुराल जाने भन्दै मोटरसाइकल लिएर बुद्धभूमि-४ बुड्ढी पुगेका पौडेल सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय चन्द्रौटाले खोज तलास सुरू गरेको थियो ।
प्रहरीले पौडेल सवार मोटरसाइकल र प्रयोग गर्दै आएको मोबाइल बुद्धभूमि-९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला परेको थियो । लगातार प्रहरी प्रशासन र स्थानीयले खोजी गर्दा फेला नपरेपछि मंगलबार बिहानदेखि तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।
कर्णाली प्रदेश प्रहरी मातहत रहेको तालिम प्राप्त कुकुर नेपालगन्जबाट ल्याएर खोज्ने काम सुरू गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । खोजतलास गर्न ल्याइएको कुकुर मान्छे खोज तलास गर्ने कार्यको लागि तालिम प्राप्त रहेको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस