Like us!
Follow us!
Connect us!
Watch us!

फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको डुंगा समुद्रमा डुब्दा ३१ आप्रवासीको मृत्यु

अर्थ संसार

विहीबार, ०९ मंसिर २०७८, ०८ : ३८ मा प्रकाशित

फ्रान्सबाट बेलायततर्फ जाँदै गरेको डुंगा समुद्रमा डुब्दा ३१ आप्रवासीको मृत्यु

फ्रान्सबाट आप्रवासी बोकेर बेलायततर्फ जाँदै गरेको एउटा डुंगा फ्रान्सको कलैसस्थित समुद्रमा डुब्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र एक बालिका पनि छन् । 

दुर्घटना भएको क्षेत्रमा फ्रान्स र बेलायतका अधिकारीहरुले हवाई जहाज र डुंगाबाट उद्दार गरेका छन् ।  

सो घटनाबाट आफू निकै दुःखी भएको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । फ्रान्सका गृहमन्त्रीले सो दुर्घटनामा दुई जनाको मात्र उद्दार भएको जानाकारी दिएका छन् ।

दुर्घटनाबारे अनुसन्धान गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रो र बेलायती प्रधानमन्त्रीले सहमति जनाएका छन् । 

बुधबार भएको सो दुर्घटना सन् २०१४ पछिकै ठूलो र डरलाग्दो भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले जनाएको छ । दुर्घटना भएको नहर विश्वकै व्यस्त जल मार्ग मानिन्छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको