Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न प्राइम कमर्सियल बैंकले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

आइतबार, १२ मंसिर २०७८, ०९ : २७ मा प्रकाशित

लाभांश पारित गर्न प्राइम कमर्सियल बैंकले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको हिजो (मंसिर १० गते, सुक्रबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४ औँ वार्षिक साधारण सभा पौष ६ गते बैंकको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद गरी कुल १६.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको