Like us!
Follow us!
Connect us!
Watch us!

प्रमुख निर्वाचन आयुक्तले मुख खोले : भरतपुरमा पुनः मतदान नै उत्तम

विहीबार, ०८ असार २०७४, २१ : ०६ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्तले मुख खोले : भरतपुरमा पुनः मतदान नै उत्तम

अर्थ संसार, काठमाडौं - निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गराउने निर्णय उपयुक्त भएको बताएको छ ।

काठमाडौमा राष्ट्रिय निर्वाचन पर्यवेक्षक अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भरतपुर प्रकरणमा आयोगले गरेको निर्णय ठीक र कानून सम्मत भएको बताए ।
 
तर उक्त विषय सर्वोच्चमा पुगिसकेकाले अव अदालतको फैसला अनुसार नै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा निर्वाचन आयोग सरकारको दबाब र राजनीतिक पूर्वाग्रहमा नचलेको प्रमुख आयुक्त यादवले बताए । आयोग कानून भित्रै रहेर आफ्नै ढंगले चलेको उनको भनाई थियो ।

प्रमुख आयुक्त यादवले स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने प्रत्येक मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपागं र अशक्तलाई बिशेष प्राथमिकता दिन निर्देशन दिएको जानकारी दिए ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक नियोगका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सरकार निरकुंस बन्दै गएको आरोप लगाए । भरतपुर प्रकरणका बिषयमा निर्वाचन आयोग समेत निरिह देखिएको उनको आरोप थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको