Like us!
Follow us!
Connect us!
Watch us!

सेयर अभौतिकीकरण गराउन सामलिङ्ग पावरको आग्रह

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, ११ : ४२ मा प्रकाशित

सेयर अभौतिकीकरण गराउन सामलिङ्ग पावरको आग्रह

सामलिङ्ग पावर कम्पनी लिमिटेडले संस्थापक तथा आयोजना प्रभावित बासिन्दा (स्थानीय) सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन गरेको सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भइसकेको भन्दै सेयर अभौतिकीकरण नगरेका संस्थापक शेयरधनीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दा सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न अनुरोध गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले कम्पनीको कम्पनीको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सम्पर्क राखी आफुलाई बाँडफाँट भएको शेयर कित्ताको जानकारी पश्चात सम्बन्धीत निक्षेप सदस्यकोमा लकइन पिरियड सहितको डिआरएन मार्फत शेयर अभौतिकीकरण गराउन कम्पनीले भनेको छ ।

त्यसैगरी, संस्थापक शेयरधनीको हकमा भने शेयरधनीले आफ्नो सम्बन्धीत निक्षेप सदस्यमा सम्पर्क गरी लक इन पिरियडसहितको डिआरएनमार्फत सहज तरिकाबाट अभौतिकीकरण गर्न सक्ने सूचनामा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको