अर्थ संसार, काठमाडौँ–लामो समय विवादको भूमरीमा फसेको नेशनल हाईड्रोपावर कम्पनीले आगामी साउन ३१ गते २० औँ साधारण सभा बोलाएको छ ।
सधारणसभाको विशेष प्रस्तावमा अन्य उपयुक्त हाइड्रो पावर कम्पनीसँग मर्ज गर्ने वा अन्य कम्पनीलाई एक्वीजिसनमा लिने बारे आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने रहेको छ।
रु एक अर्ब ३८ करोड ५९ लाख चुक्ता पूँजी भएको कम्पनीको अझै पनि रु १९ करोड ७५ लाख ऋण रहेको छ ।
साथै आर्थिक बर्ष २०७३/७४ को दोस्रो त्रैमासिक रिपोर्ट अनुसार कम्पनी रु ४० करोड ९० लाख घाटामा रहेको छ।
कम्पनीको मुख्य प्रर्वद्धन रहेको सुनकोशी हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भनिएको ४.५ मेगावाट क्षमताको तल्लो इद्रावती जलबिद्युत आयोजनाको विद्युत उत्पादन अनुमति पत्र अख्तियार दुरुपयोग अनुन्धान आयोगको आदेश अनुसार २०७१ पुस ३० को उर्जा मन्त्रालय सचिवस्तरीय निर्णयले खारेज भएको थियो ।
उक्त आयोजनाको सुरुङ खन्ने काम आधा बढि सकिएको हुँदा फेरि आफैंले लाइसेन्स लिने र बनाउने कम्पनीको योजना छ । त्यही कारण मर्जर प्रस्ताव साधारणसभामा लगिएको हो। गत मंसिरमा डाकिएको कम्पनीको साधारणसभा कोरम नपुगेर स्थगित भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस