Like us!
Follow us!
Connect us!
Watch us!

वारेन बफेटका लगानीका सामान्य नियम, जसलाई पछ्याउन सके सेयरबाटै मनग्य कमाउन सकिन्छ

धिरज पौडेल

धिरज पौड्याल

मंगलबार, १४ मंसिर २०७८, ०७ : ३८ मा प्रकाशित

वारेन बफेटका लगानीका सामान्य नियम, जसलाई पछ्याउन सके सेयरबाटै मनग्य कमाउन सकिन्छ

लगानीको दीर्घकालीन यात्रामा लाग्न चाहनुहुन्छ र बलियो एबम् नाफामुलक पोर्टफोलियो निर्माण गर्ने सोच्न हुनुहुन्छ भने वारेन बफेट का लगानी रणनीति र सिद्धान्तको उपयोग गर्नेबारे सोच्नुपर्छ ।

तपाईंले लगनिगर्न किन सुरु गर्नुपर्छ रु प्रायः व्यक्तिहरूले आफू सँग भएको पैसालाई बैंकमा राख्ने गर्नुहुन्छ जसले तपाईंको पैसा बढ्दैन । प्रायः अवस्थामा मुद्रास्फीति दरले तपाईंलाई तपाईंको बैंकले दिने ब्याजदरलाई पछाडि पर्दछ फलस्वरूप तपाईंले केवल पैसाको संख्या बढेको बढेको अनुभूति गर्नुहुन्छ तर पैसाको मूल्य बढेको हुँदैन । मुद्रास्फीति लाई सामान्य भाषामा बुझ्दा , तपाईं सानो छदा जुन वस्तुलाई जुन मूल्यमा खरीद गर्न सक्नुहुन्थ्यो अहिले सोही वस्तुलाई सोही मूल्यमा प्राप्त गर्न सक्नुहुन्न अर्थात पैसाको भ्यालु घट्दै गएको हुन्छ जुन कुरा मुद्रास्फीति हो। मुद्रास्फीति लाई जित्ने सबै भन्दा राम्रो उपाय बुद्धिमान पूर्वक गरिने लगानी हो जसले तपाईंको मुद्राको भ्यालु लाई कायम रक्दछ र पछिसम्म पनि लगानीको पैसाले आम्दानी गर्न सक्नुहुन्छ ।

सुरुमा हेर्दा लगानी डरलाग्दो लाग्न सक्छ । धेरै व्यक्तिहरू आफूले मेहेनेत ले कमाएको पैसा लगानी गर्न सतर्क बन्छन जुन कुरा जायज पनि हो वास्तवमा अनुशासन तथा उचित लगानी रणनिती का साथ लगानी गर्नेहो भने उत्कृष्ठ तथा बलियो र दीर्घकालिन लाभ लिने पोर्टफलियो बनाउन सकिन्छ। तपाइले लगानी गर्न कहा बाटसुरु गर्ने तथा कुन शेयर मा लगानी गर्नेबारे  केहि सहजता प्रदान गर्न हामयहाँ वारेन बफेटका केहि लगानी रणनीति र सिद्धान्तबारे चर्चा गर्दैछौ ।

वारेन बफेट का अनुसार सेयरबजारमा नाफा काउने द्द मुख्य नियम १ पैसा कहिलै नगुमाउ र २ नियम नं १ लाई कहिलै नबिर्स । वारेन बफेट उनका अनुवाई हरुलाई कहिलै पनि सेयरबाट पैसा गुमाउने रणनीती नबनाउन सल्लाह दिन्छन् । उनका अनुसार सेयरबजारमा लगानी गर्ने लगानीकर्ताले एकैपटक धेरै नाफा कमाउन बिना योजना र अध्यान बिनानै सेयरमा धेरै पैसा लगानी गर्ने र पछि नोक्सान भोग्ने लगानीकर्ता १०० मा ९० जाना हुने उनी विश्वास राख्दछन् । येस्तो हुनुको मुख्य कारण धैर्यता नहुने र धेरै कमाउने उद्देश्य राखेर गलत कम्पनीको छनोट गर्ने गर्दछन् जसले अत्यधिक नोक्सान भोगी शेयर लगानीबाट पछि हट्छन्। 

धैर्यता राख्नुहोस् 

वारेन बफेट दीर्घकालीन लगानीमा विश्वास राख्छन र उनी दीर्घकालीन लगानीबाट नाफा कमाउन । उनी भन्छन,ूयदि तपाईं १० वर्ष सम्मकोलागी शेयरको स्वामित्व लिन इच्युक हुनुहुँदैन भने तपाईंले १० मिनेट पनि उक्त शेयरको स्वामित्व लिने कुरा नसोच्नु होस। उनका अनुसार शेयरबाट राम्रो कमाउने रहस्य भनेकोनै शेयरलाई किन्नु हो र उक्त शेयरप्रती धैर्यता राख्नुहोस् ।गुदस्तरिय लगानीले मात्र राम्रो प्रतिफल दिने र समयसँग तिब्ररुपमा मूल्य वृद्धि हुन्छ ।मुख्यतः उनी लगानीकर्तालाई सेयरबजारमा लगानी गर्न सुझाव दिन्छन् ट्रेड हैन । बारम्बार हामीले ट्रेड गर्दा शेयरको कमिसन र शेयर कर को रूपमा तपाईंले कमाउनुभएको शेयरको नाफाको विशेष अंश काटिन्छ । लामो समयसम्म शेयरलाई होल्ड गर्नुपर्ने जसबाट राम्रो प्रतिफल पाउन सकिने उनको महत्त्वपूर्ण शुत्र हो। 

जब सबैजना लोभी हुन्छन् तब डराउनु होस्, जब सबै जन डराउँछन् तब लोभी बन्नुहोस्

वारेन बजेटको यो सुझाव निकै चर्चित रहेको छ र धेरै लगानीकर्ताले यस्लाई भिन्न तरिकाले बाख्य गरी यस्लाई शेयर रणनीति को रूपमा प्रयोग गर्छन । 

वारेन बफेट विश्वास राख्दछन् की जब बजारमा सबै डराउँछन् अर्थात जब बजारको मूल्य झरेको हुन्छ तब तपाईं लोभी बन्नुहोस् अर्थात उक्त समयका थोरै मूल्यमा शेयर उपलब्ध हुने हुँदा कम मूल्यमा शेयरलाई किन्नुहोस र जब अन्य व्यक्तिहरू लोभी हुन्छन् तब धेरै लगानी नगर्नुहोस् र त्यो समय टाढा रहनुहोस् । जब बजार हरेक दिन बढ्दै छ र प्रत्येक दिन नयाँ रेकर्ड बनाउँदै छ भने तपाईं सतर्क रहनुहोला । उदहारण को रूपमा हेर्दा जब कोभिड को समय सुरु भएको थियो त्यो बेला नेपालको सेयरबजार निकै न्यून विन्दुमा कारोबार भई रहेको थियो , त्यो समयमा महंगो पर्ने शेयर सस्तो मूल्यमा पाइएको थियो । उक्त समयमा थोरै मूल्यमा सेयरमा लगानी गरेको भएमा अहिले धेरै आम्दानी हुने थियो तर त्यो समयमा धेरै लगानीकर्ताहरु शेयर खरिद गर्नुको सट्टा शेयर बिक्री गर्न थालेका थिए ।

तपाईलाई ज्ञान भएका कम्पनीहरुमा लगानी गर्नुहोस

वारेन बजेटले उनलाई फलो गर्ने लगानीकर्ताले कम्पनीको व्यापार कसरी चल्छ भन्ने थाहा भएको कम्पनीको हरुमा लगानी गर्न सल्लाह दिन्छन् जसले गर्दा लगानीकर्ता हरुलाई कम्पनीको विवरण बुझ्न सजिलो हुन्छन् । लगानीकर्तालाई थाहा भएको कम्पनीमा लगानी गर्न प्राथमिकता मा राख्न सुझाव दिन्छन् । राम्रो नाफामुलक लगानी रणनीति भनेको कम्पनीले कसरी काम गर्छ, पैसा कसरी कमाउँछ र यसको व्यापारलाई असर गर्ने प्रमुख कारक तत्वहरु बुझ्नु आवश्यक मान्दछन् । उक्त कुराको ज्ञानले तपाईंलाई तपाईंले लगानी गर्ने कम्पनीको व्यवसाय बुझी थप लगानी रणनीति तयार पार्न मार्गदर्शन गर्दछ । उनी लगानीकर्तालाई चासो भएको कम्पनीको उच्च प्रभाव देखिएको खण्डमा कम्पनीमा सिधै लगानी गर्नभन्दा उक्त कम्पनीको बारेमा पछिल्ला आर्थिक क्रियाकलाप अध्यान गर्ने र उक्त कुराको अध्यान गर्न जटिल लागेमा धेरै समय खर्च नगरी तपाईंले बुझ्नुभएको कम्पनीमा लगानी गर्न सल्लाह दिन्छन् ।

गुणस्तरीय कम्पनीमा लगानी गर्ने योजना बनाउनुहोस्

प्रायः लगानीकर्ताहरु चर्चामा आएको कम्पनीमा लगानी गर्न इच्छुक हुन्छन् , चर्चामा आएकै भरमा कम्पनीमा लगानी गर्नु एक ठूलो गल्ती हो र दीर्घकालीन असफलताको चिनो हो। उत्कृष्ठ दीर्घकालीन लगानी सामान्य कम्पनीको लागि थोरै मूल्य तिर्नु भन्दा गुणस्तरीय कम्पनीलाई उचित मूल्य तिर्नु बफेटले विश्वसनीय मान्दछन्। उनका अनुसार मूल्यवान कम्पनी भनेको त्यो कम्पनी हो जुन कम्पनी आगामी १० ( १५ वर्ष सम्म स्थिर र नाफामुलक रहने भविष्यबाणी गर्न सकिन्छ । कम्पनीहरु बौद्धिक रणनीतीक जनशक्ति एबम् सम्पति भएका र मुल्य निर्धारण शक्ति भएका कम्पनीहरुमा लगानी गर्नु तुलनात्मक रूपमा राम्रो देखिन्छ र सेयरबजार घट्दो बेलामा वा अर्थतन्त्र उकालो लागेको बेलामा यस्ता कम्पनीहरुले राम्रो प्रदर्शन गर्छन । उनी लगानीकर्तालाई सुझाव दिन्छन्,ूतपाईंलाई मन परेका कम्पनीहरु खोज्नुहोस् उक्त कम्पनीबारे बुझ्नुहोस् र सही मुल्य अवसरको प्रतीक्षा गरी लगानी गर्नुहोस्।

प्राईस र भ्यालु बीचको अन्तर बुझ्नुहोस्

वारेन बफेट भन्छन, प्राईस हामीले तिर्नुपर्ने कुरा हो भने भ्यालु हामीले पाउनुपर्ने कुरा हो। ूधेरै जस्तो समयमा शेयरको मुल्यहरुमा तिब्र उतारचढाव देखिन्छ र शेयरको मुल्य कम्पनीको आधारभूत मूल्य भन्दा बढी अस्थिर हुन्छ यस्तो अवस्थामा शेयरको मूल्यलाई कम्पनीको वास्तविक मूल्यभन्दा अलग गर्ने गरेको पाइन्छ । बफेटले कम्पनीको हुनुपर्ने भन्दा कम मूल्यमा शेयर खरिद गर्दछन र उक्त शेयरलाई त्यो बेलासम्म होल्ड गर्छन जबसम्म शेयरको मूल्यले कम्पनीको वास्तविक भ्यालुलाई भेट्छ अनि विश्वास राख्छन की कुनै कमानीको शेयरको मूल्य लगानीकर्ताको भावनासँग स्विङ हुन सक्छ तर यो कुरा आवश्यक हुँदैन कि कम्पनीको मुख्य सधैं भरी अस्थिर रहोस्। उनले कम्पनीको प्रिइस र भ्यालु बीच भिन्नता पत्ता लगाएर उच्च गुणस्तरका कम्पनीमा लगानी केन्द्रित गर्छन।  उनी मान्छन कि कुनै कम्पनीको शेयरको मूल्य कम छ जसले राम्रो लगानीको अवसर भन्ने भने हैन्। 

सही समयमा शेयर बेच्नुहोस 

बफेट शेयरलाई किन्ने र उक्त शेयरलाई होल्ड गर्ने रणनीति प्रयोग गर्ने गर्दछन् यद्यपि उनी लगानीकर्तालाई जब उनी लगानीकर्तालाई सल्लाह दिन्छन् की जब हामीले छानेका कम्पनीको आधारभूत कुराहरूमा परिवर्तन आएको हुन्छन् र तपाईंले लगानी गर्ने मापदण्डमा सुहाउँदैन भने उक्त शेयरलाई बेच्नु उपयुक्त हुन्छ। सफल लगानी भनेको सही समयमा राम्रो शेयरको छनोट गर्ने र ती कम्पनी राम्रो रहुन्जेल तिनीहरूको शेयर होल्ड गर्नुपर्दछ उनी विश्वास राख्दछन।  


सेयरमा लगानी गर्दा शेयर किन्ने मात्र नभई पूरा कम्पनी किन्दै छु भन्ने सोचमा लगानी गर्ने 

बफेट लगानीकर्तालाई लगानी गर्दा तपाईंले गरेको लगानी शेयर मात्र नभई पूरा कम्पनी किन्न लागेको सोच्न सल्लाह दिन्छन् । जब तपाईंले शेयर खरिद गर्दै हुनुहुन्छ तब तपाईंले कम्पनीको शेयर मात्र मात्र नभई कम्पनीको व्यावसायको एक स्वामित्व खरिद गर्दै हुनुहुन्छ। तपाईं त्यो कम्पनीको मात्र शेयर खरिद गर्नुहोस् जुन कम्पनीको शेयर स्वामित्व तपाईं किन चाहनुहुन्छ , यसमा होईन कि तपाईं उक्त कम्पनीको शेयर मात्र बढेको हेर्न चाहनुहुन्छ।


लगानीलाई प्रायः अवस्थामा आवश्यक भन्दा कठिन रूपमा परिभाषित गरिन्छ ।
सामान्य लगानी ज्ञानमा आधारित बफेटका लगानी दृष्टिकोण पछाएर तपाईंले आफ्नो राम्रो पोर्टफोलयोलाई व्यवस्थापन गर्न र राम्रो प्रतिफल कमाउन सक्नुहुन्छ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको