Like us!
Follow us!
Connect us!
Watch us!

शान्ति प्रत्येक मानिसलाई जरुरी छ

शुक्रबार, ०९ असार २०७४, १७ : ०३ मा प्रकाशित

शान्ति प्रत्येक मानिसलाई जरुरी छ

दीनिता लामिछाने 

प्रेम राउत शान्तिको बिषयमा सम्बोधन गर्ने एक अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । बिगत धेरै बर्षदेखि उहाँले प्रत्येक ब्यक्तिस्थित शान्तिका बारेमा चर्चा गर्दै आउनु भएको छ ।

उहाँको यो सन्देसले विश्वका हरेक वर्गका मानिसहरुलाई आकर्षित गरेको छ । प्रत्येक मानिसभित्र शान्तिको सम्भावना प्राप्त गर्न प्रेरणा दिने दक्षताको कारण उहाँलाई थुप्रै सरकारी एवंम् शैक्षिक संस्थाहरुद्घारा “शान्तिको दूत” को उपाधी प्रदान गरिसकेका छन् ।

उहाँको एउटा महत्वपुर्ण सन्देश यो हो कि शान्ति हरेक मानिसको आधारभूत आवश्यकता हो । उहँको जीवनको  उद्देश्य शान्तिको यो सन्देश विश्वका सात अर्व मानिसहरुसम्म पुर्याउनु रहेको छ ।

शान्तीका दूत उपाधी पाउने प्रेम राउतको यस्तो छ भनाई  “शान्ति तपाईलाई म दिलाउन सक्छु । यो कुरा एकदमै सरल छ” । “यदि तपाईले त्यो कुरा बुभ्नुभयो भने आपm्नो जीवनमा आनन्द लिन सक्नुहुन्छ । म ठाउंँ–ठाउँ जान्छु र मानिसहरुसमक्ष यो सम्भावना बारेमा भन्दछु किनकी यो सम्भब छ ।

जीवनमा तल–माथी, असल–खराब जे भइरहेपनि, ती साराकुराहरुका बाबजुद मानिसले आफ्नो जीवनमा सुख र शान्ति अनुभुती गर्न सक्दछ । यो धर्मको कुरा होईन, मानिस हुनुको मात्र कुरा हो । यदि तपाई जीबित मानिस हुनुहुन्छ भने तपाई यसको अनुभब गर्नसक्नुहुन्छ ।

यसका लागि के गर्नुपर्छ मानिसहरु सोच्दछन्, केही न केहि गर्नुपर्छ । म जुनकुरा भनि राखेको छु, त्यो पहिला देखि नै तपाई भित्रै छ, त्यसलाई खोजेर पनि पाईदैन किनकि त्यो पहिलादेखि नै तपाइभित्रै छ, तपाईसँंगै छ । जुन चीज तपाईसँगै छ, यताउता खोज्नुपर्ने के आवश्यकता ? यसको लगि केहि गर्न जरुरी छैन । आफु भित्र शान्तिको अनुभूती गर्नुहोस्” ।

तनाबग्रस्त र ब्यस्तताको जीवनमा यस्तो अमूल्य कुरा सित्तैमा पाउदा हामी यसलाई स्वीकार  किन नगर्ने त ?  संसारका थुप्रै विश्वविद्यालय र सामाजिक संघ संस्थाहरुद्धारा उहाँलाई नियमित रुपले सम्बोधनका लागि आमन्त्रण गर्ने गरिन्छ ।

सयूक्त राष्ट्रसंघ सम्मेलन केन्द्र हार्वर्ट एवंम हक्सफोर्ड विश्वविद्यालय, युरोप संसद्, अस्टे«लिया र न्यूजिल्याण्डको संसद्का साथै विश्वका कैयौ प्रतिष्ठित  मञ्चमा उहाँले आफ्नो सन्देश  सुनाइ सक्नु भएको छ ।

संसारका थुप्रै जेलहरुमा मानिसहरु उहाँको सन्देश नियमित रुपमा सुनिरहेका छन्, उहाँको सन्देसबाट प्रभाबित बन्दी र जेलबाट कर्मचारीहरुको आमन्त्रणामा भारत तिहाड जेल, अर्जेन्टिनाको एउटा महिला जेल र अमेरीकाको सेन्ट  एन्टिनियो जेलसमेतमा उहाँ स्वयम् गएर कार्यक्रम गर्नुभएको छ ।
 
 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको