Like us!
Follow us!
Connect us!
Watch us!

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन् : शीर्षनेताहरू मभन्दा खत्रा कलाकार

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, १४ : ३५ मा प्रकाशित

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै रेखा थापाले भनिन् : शीर्षनेताहरू मभन्दा खत्रा कलाकार

राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गर्दै  नायिका रेखा थापाले शीर्षनेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन् । 

काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा उनले महामन्त्रीमा पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । 

राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । 

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको