Like us!
Follow us!
Connect us!
Watch us!

ईसीमोड, डाबर नेपाल र तालकोल्ला सीएफयूजीबीच त्रिपक्षीय सम्झौता

अर्थ संसार

शुक्रबार, १७ मंसिर २०७८, १३ : २५ मा प्रकाशित

ईसीमोड, डाबर नेपाल र तालकोल्ला सीएफयूजीबीच त्रिपक्षीय सम्झौता

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड), डाबर नेपाल र तालकोल्ला सीएफयूजीबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । 
ईसीमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो र डाबर (नेपाल र म्यानमार) का बिजिनेस प्रमुख हरकीरत सिंह बेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

यस पहलको उद्देश्य नेपालको बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी बन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेकाे कम्पनीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 

भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह (सीएफयूजी), डाबर नेपाल र ईसीमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्ने जनाएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको