Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो देखियो 'नेपाल आईओटी च्यालेन्ज' (फोटो फिचर)

अर्थ संसार

शनिबार, १८ मंसिर २०७८, १७ : ०१ मा प्रकाशित

यस्तो देखियो 'नेपाल आईओटी च्यालेन्ज' (फोटो फिचर)

१२ कक्षाको परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौको सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्सले कोभेन्ट्री विश्वविद्यालयको सहकार्यमा सन्चालन गरेको 'नेपाल आईओटी च्यालेन्ज' मा आइओटि सँग संबंधित विद्यार्थीले बनाएका विभिन्न परियोजना प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा विद्यार्थीहरुले बनाएका ड्रोन, स्मार्ट होम, विद्युतिय सवारी, अटोनोमस सवारी, ट्राफिक म्यानेजमेन्ट सिस्टम, स्मार्ट एग्रिकल्चर, स्मार्ट पार्किङ, फ्लड डिटेक्सन, स्मार्ट सेक्युरिटी, फायर कन्ट्रोल रोबोट राखिएका छन् ।

नि:शुल्क प्रवेश रहेको प्रदर्शनी सफ्ट्वेरिका कलेजको प्राङ्गण डिल्लीबजारमा हुने कलेज प्रमुख प्रमोद पौडेलले बताए । विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा देखाउन सक्ने यो प्रतियोगितामा पाँच जना सदस्यको समूह बनाएर सहभागी भएका छन् । दर्ता भएका समूहहरुलाई कलेजले गरेको १० दिने निशुल्क बुटक्याम्पमा आइओटी प्रशिक्षण दिएको थियो ।

प्रशिक्षण सकिएपछि विद्यार्थी समूहले बनाएको आईओटी प्रोजेक्टको प्रदर्शनी आयोजना गरिएको हो । यसरी प्रदर्शनीमा राखिएका प्रोजेक्टहरू मध्ये अवलोकनकर्ताको भोटको आधारमा तीन उत्कृष्टलाई नगद पुरस्कार दिइने पौडेलले बताए ।

पहिलो हुनेले ५०,००० रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमश: ३०,००० र २०,००० रुपैयाँ प्राप्त गर्नेछन् ।

61ab52af36680.JPG 61ab52af39693.JPG 61ab52af6c77c.JPG 61ab52af6f37a.JPG 61ab52af972a0.JPG 61ab52af9ee14.JPG 61ab52afba3ae.JPG 61ab52afc3912.JPG 61ab52afe0625.JPG 61ab52afe775a.JPG 61ab52b00db66.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको