Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारित गर्न एनएमबी लघुवित्तले २६ पुसमा बोलायो साधारण सभा

अर्थ संसार

शुक्रबार, २४ मंसिर २०७८, १० : ५८ मा प्रकाशित

लाभांश प्रस्ताव पारित गर्न एनएमबी लघुवित्तले २६ पुसमा बोलायो साधारण सभा

एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २६ पुसमा साधारणसभा बोलाएको छ।

लघुवित्तले होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे नवौँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभामा लघुवित्तको हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ एक दशमलव १३ प्रतिशत नगद लाभांश प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, अन्य लघुवित्तसँगै मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले ९-२६ पुससम्म बुकक्लोज गर्ने भएको छ । यसर्थ,  ८ पुससम्म नेप्सेमा कारोबार भई कायम रहेका लगानीकर्ताले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको