Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको चार्ट प्याटर्नमा बन्यो 'स्पिनिङ्ग टप' यो बेच्ने बेला कि किन्ने बेला ?

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १६ : ३७ मा प्रकाशित

नेप्सेको चार्ट प्याटर्नमा बन्यो 'स्पिनिङ्ग टप' यो बेच्ने बेला कि किन्ने बेला ?

आज बुधवार नेप्सेको चार्ट्मा स्पिनिङ्ग टप क्यान्डल बनेको छ ।  स्पिनिङ्ग टप क्यान्डलले बजारमा खरिदकर्ता र बिक्रीकर्ताको बराबर चाप रहेको बुझाउछ।  आज बजार बढ्दा २४९६ को बिन्दुसम्म पुग्यो।  त्यहाँबाट बिस्तारै झर्दै २३७७ को बिन्दुसम्म पुगेको बजार २४१४ को बिन्दुमा क्लोज भएको छ ।  

अब लगानीकर्ताहरुले ध्यान दिनुपर्ने विन्दुहरू कुन कुन हुन् ?

आज कारोबार रकम पनि एभरेज कारोबारको तुलनामा बढि आएको छ । यसले बजारमा सहभागीहरुको संख्या पर्याप्त रहेको देखाउँछ । बजार निक्कै तल पुगेर फर्किंदै गरेको हुँदा लगानीकर्तामा बजार बढ्ने कुरामा विश्वाश बढिनसकेको अवस्था छ ।

आउने दिनहरुमा नेप्से परिसूचक  २४०० भन्दा माथि माथि नै रहन सक्यो भने बजारको यात्रा माथितिरकै हुन सक्ने सम्भावना रहन्छ।  बजार बढ्दै गर्दा २५०० को बिन्दुमा एउटा रेसिस्टेन्स रहेको छ भने २६८० को बिन्दु अर्को एकदम बलियो रेसिस्टेन्सको बिन्दु हो । यदि बजार २४०० भन्दा तल जान्छ भने बजार अझै घटेर जाने सम्भावना रहन्छ । त्यसैले यदि आगामी दिनहरुमा २४०० भन्दा तल भोलुम सहित गयो भने अझ तल झर्न सक्ने सम्भावना रहन्छ ।  

अब लगानीकर्ताहरुले एकदम ध्यान दिएर हेर्नुपर्ने दुइ विन्दुहरू २४०० र २५०० का विन्दुहरू हुन् ।  

61b9c97db15d3.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको