सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण सेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिंदैछ ।
यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो ।
सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषतर्फको सेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने प्रावधान बमोजिम गत फागुन १७ गतेदेखि उक्त सेयर लकइनमा रहेको छ । आउँदो भदौ १६ गते ६ महीना पूरा हुने भएकाले लकइन अवधि सकिने भएको हो । लकइन अवधि सकिएपछि सो सेयर कारोबार गर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस