रिज लाइन इनर्जी लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको शेयरको लक–इन अवधि समाप्त हुन लागेको जानकारी दिएको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आगामी २०८३ भदौ १३ गते उक्त अवधि समाप्त हुने जनाएको हो।
कम्पनीका अनुसार, सर्वसाधारणका लागि निष्कासन गरिएको शेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात् ७१ हजार १०० कित्ता शेयर हाल लक–इनमा रहेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम बाँडफाँड भएको मितिले ६ महिनासम्म यस्तो शेयर बिक्री गर्न नपाइने व्यवस्था रहेको छ। यो लक–इन अवधि २०८२ फागुन १४ गतेदेखि सुरु भएको थियो।
रिज लाइन इनर्जी लिमिटेडले लमजुङ जिल्लामा ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको कुल जारी पूँजी एक अर्ब १८ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीको शेयर रजिस्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस