Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको करिब ४२ हजार कित्ता सेयर लिलाम बिक्रीमा

अर्थ संसार

बुधबार, १३ साउन २०८३, १० : ३१ मा प्रकाशित

प्रभु बैंकको करिब ४२ हजार कित्ता सेयर लिलाम बिक्रीमा

प्रभु बैंक लिमिटेडले ४१ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ३ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।

बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी ३५ दिनका लागि बिक्रीमा राखेको थियो । तर उक्त अवधिसम्म कुनै संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अब भने सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । 

उक्त सेयर किन्न चाहने सर्वसाधारणले नेपाल राष्ट्र बैंकले तोके बमोजिमको मापदण्ड पूरा हुने आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको