Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २७ लाख ३६ हजार कित्ता बाेनस सूचिकृत

अर्थ संसार

सोमबार, ०५ पुस २०७८, १४ : १९ मा प्रकाशित

नेप्सेमा २७ लाख ३६ हजार कित्ता बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) एउटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । 

स्टकका अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २७ लाख ३६ हजार ९ सय ७२ दशमलव ४२ कित्ता सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । 

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त लाभांश  कार्तिक १६ गते मंगलबार, लैनचाैर ब्यांक्वेट, लैनचाैर, काठमाडाैँमा सम्पन्न भएकाे बैंककाे १७औँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । 

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, कार्तिक ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

61c040991e31b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको