Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ र साल्ट ट्रेडिङ्गको साधारणसभा आज

अर्थ संसार

शुक्रबार, १५ चैत्र २०८१, ०८ : १९ मा प्रकाशित

सिटिजन लाइफ र साल्ट ट्रेडिङ्गको साधारणसभा आज

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ५८औं वार्षिक साधारणसभा आज चैत १५ गते, शुक्रबार आयोजना हुँदैछ।

सिटिजन लाइफको साधारणसभा

सिटिजन लाइफको साधारणसभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले चुक्ता पूँजीको २६.९८% बोनस सेयर तथा १.४२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुग्ने भएकाले सोअनुसार प्रबन्धपत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने, तथा सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने विशेष प्रस्तावहरू पनि छलफलका लागि राखिएको छ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने कार्यसूची पनि सभामा समावेश छ।

सभा प्रयोजनका लागि सिटिजन लाइफले फागुन २८ गते बुक क्लोज गरिसकेकोले फागुन २७ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

साल्ट ट्रेडिङ्गको साधारणसभा

साल्ट ट्रेडिङ्गको वार्षिक साधारणसभा काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, ऋण सुविधा लिने, प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको राहत रकम अनुमोदन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने तथा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू सभामा छलफल गरिनेछ।

सभा प्रयोजनार्थ साल्ट ट्रेडिङ्गले चैत १ गतेदेखि बुक क्लोज गरिसकेको हुँदा फागुन २८ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको