Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा राजनीतिको छायॉ

बुधबार, १४ असार २०७४, ०७ : ५६ मा प्रकाशित

सेयर बजारमा राजनीतिको छायॉ

लगानीकर्ताहरूको एउटै चासो हुन्छ, अब सेयर बजार बढ्छ वा घट्छ ? उनिहरू अनुमान गर्छन् र लगानी गर्ने वा बेच्ने निर्णयमा पुग्छन्। अनुमानहरू फरक-फरक हुने गरेका भएपनि जब अधिकांस अनुमानहरू मील्दैनन् लगानीकर्ताहरू हैरान हुनु स्वाभावीक हुन्छ।

हुनत पैसा कमाउन यति सजिलो भैदिएको भए संसारका सबै मानिस धनी भैहाल्थे। आजको आर्थीक दुनिया यति जबरजस्त छकि अमेरीकामा तपाईको जागीर गयो भने १२ घण्टा नवित्दै जीवन संगीनीले तपाईलाई छाडिदिन्छीन्। पैसानै नभएर सुसाईड गर्ने मानिसहरू संसारमा हरेकसाल बढ्दै छन्। आर्थीक भष्ट्राचारमा जेलजानेको लामै लर्को देखिन्छ संसारभरिनै।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सचीवहरू र अरू हाई प्रोफाइलहरू आर्थीक भष्ट्राचारले बदनाम छन्। पैसा यस्तो लालची कुरा रहेछकि सबका सब यसका दास बनिरहेका छन्। नपुगेर भष्ट्राचार गरिरहेका छन्। बदनाम भइरहेका छन्।

जेल गईरहेका छन्। यदि पैसा सजिलै हासील गर्न सकिने भए मानिस किन यस्तो गर्थे होलार ! सेयर बजारमा पनि मानिसहरू राता- रात मालामाल हुन चाहन्छन्। त्यसैको लागि उनिहरूले अनुमान गर्छन् र सेयर किनबेचमा संलग्न हुन्छन्। तर अनुमानहरू मिल्दैनन्। हुनत सेयर बजार का सामान्य सिद्दान्तहरू संसारभरी ब्यापतछन्।

जस्तोकि बैकल्पीक लगानीका स्रोतहरूको मूल्यमा आएको परिवर्तनले सेयरको मूल्यमा कस्तो असर पर्छ ? कम्पनिको आर्थीक मजवूतिले सेयर प्रतीको आक्रषण कस्तो हुन्छ ? जस्तोकी बजारमा सेयरको अत्यधिक सप्लाई र मागले मूल्यलाई कसरी तल वा माथि धकेल्छ ? अर्थतन्त्रको समग्र सुधारले सेयर प्रतिको आक्रषण कसरी बढ्छ ? आदि- आदि।

तर भईदिन्छ के भने, यस्ता सामान्य सिद्दान्तहरूलाई चुनौती दिदै सेयर बजार बेतुकले अगाडि बढि दिने तथा पछाडि धकेलिने पनि गर्दछ। अनि अनुमानहरू पनि गलत सावित हुन पुग्दछन्। हो-हो मा लगानी गर्नेहरू पनि त्यतिकै हुन्छन्।

जसको पछाडि कुनै तुकको कारणनै हुदैन। बजारमा ठूला ब्यापारीहरूबाट हुनसक्ने चालखेलहरू पनि सिद्दान्तमा पर्ने कुरै भएन। सेयर बजारका बहुआयामिक पाटाहरू हुन्छन्। यसमा द्विविधा छदै छैन। तर जब बजारमा गैरआर्थीक तत्वहरूलाई आधार मानेर बजारको बिष्लेषण गर्ने मान्यता स्थापीत गर्न खोजिन्छनि तब सेयर बजार नौटंकी जस्तो बन्न थाल्दछ।

नेपालमा राजनैतिक अत्यन्त झिना-मसिना कुराहरूलाई पनि सेयर बजारमा जोडेर नितान्त एकपक्षिय बिष्लेषण गर्ने गरेको पाईन्छ। बैंकका नाफाहरू हरेक साल बढिरहेका छन्। पहुच बढ्दो छ। शाखा बिस्तार भएकोभई छन्। पुजी बढाईरहेका छन्।

सोलभेन्सी राम्रो छ। तर बैंकको सेयरको बजार मूल्य हरेक दिन घटिरहेको छ। बिष्लेषकहरू भन्छन् यो पार्टीले चुनावमा भाग नलिने भयोरे त्यसैले सेयरको मूल्य घट्यो। त्यो पार्टीले नेपाल बन्द गर्दैछ त्यसैले सेयरको मूल्य घट्यो। त्यो पार्टी फुट्यो सेयरको मूल्य घट्यो। फलाने नेताले यसो भन्यो सेयरको भाउ घट्यो। आदि-आदि।

राजनीतिको कमजोरी यो हुन्छकि यसलाई गणीतको नजिक ल्याउन धेरै कठिन हुन्छ। कस्ले बन्द गर्दा कति प्रतिशत हुने र कस्ले चुनावमा भाग नलिदा कति प्रतिशत हुने अनुमान लगाउन गा-हो छ। लगानीकर्ताको मनोविज्ञान के ले र कसरी बढी खस्कन्छ ? अनि राजनीतिलाई कति छुट्टाउने हो ? हामी सायद यसैमा चुकिरहेका छौं। हुनत राजनीतीलाई सबै नीतिको पनि नीति भनिन्छ। हाम्रो देशमा राजनीतिक संक्रमण पनि छदै छ।

तर अवस्था कस्तो रह्यो भने एक प्रतिशत आर्थीक बृद्दिबाट एक्कै पटक फट्को हानेर देशले सात प्रतिशत आर्थीक बृद्दि गर्यो भन्ने समाचार ब्यापकरूपमा फैलिदा पनि, यो सेयर बजार खासै विक्दैन बरू एउटै नीति तथा कार्यक्रमको नीरन्तरतामा उहि कोलुसनमा प्रधानमन्त्री परिवर्तन हुदॉ बजार बढ्न खोजेको जस्तो हुन्छ ।

सेयर बजारमा राजनीतिको छायॉ यसरीनै पर्नुपर्ने पक्का हो भने खै यस्को भविश्य के हो कुन्नी ? नत्र जस्ले-जस्ले सेयरमूल्यलाई अति राजनीतिककरण को मनोविज्ञानको शीकार बनाउन खोजीरहेका छन् नि त्यो नितान्त अप्राकृत छ। यसरी सेयरलाई बिश्लेषण थोरै मात्र गर्ने गरौं र सेयरलाई अल्पकालिन जुवा हैनकि दीर्घकालिन लगानीको क्षेत्र बनाऔँ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको