Like us!
Follow us!
Connect us!
Watch us!

१८.३८११ प्रतिशत बोनस सेयर पारित गर्न सानिमा रिलायन्स लाइफले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, ०७ : ५८ मा प्रकाशित

१८.३८११ प्रतिशत बोनस सेयर पारित गर्न सानिमा रिलायन्स लाइफले बोलायो साधारणसभा, बुकक्लोज कहिले ?

१८.३८११ प्रतिशत बोनस सेयर घोषणा गरेको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सातौँ वार्षिक साधारणसभा बोलाएको छ।

 सानिमाको भदौ ३१ गतेको सञ्चालक समिति बैठकले असोज २३ गते शंखमुलस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजे साधारणसभा बोलाउने निर्णय गरेको हो।

कम्पनीले यसअघि नै १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ। आगामी साधारणसभाले पारित गर्न बाँकी छ। त्यस्त्ै, साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव २०८९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ।

साविक रिलायन्स लाइफ र सानिमा को आव ०७९/०८० को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण गर्ने सम्बन्धका प्रस्ताव समेत सभाले पारित गर्ने भएको छ ।

लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि साधारणसभाको एजेण्डा रहेको छ। सञ्चालकको सुविधा परिमार्जन गरिने भएको छ। 
कम्पनीले साधारण सभा प्रयोजननार्थ असोज ११ गते एक दिन लागि बुकक्लोज गर्ने भएको छ। असोज १० गतेसम्म कायम सेयरधनीले प्रस्तावित बोनस पाउनेछन् भने  सभामा भाग लिन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको