Like us!
Follow us!
Connect us!
Watch us!

गठबन्धन सरकारको संकल्प,  सेयर बजारमा लगानीकर्ताका लगानी सुरक्षित गरिने

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, ०८ : ०४ मा प्रकाशित

गठबन्धन सरकारको संकल्प,  सेयर बजारमा लगानीकर्ताका लगानी सुरक्षित गरिने

सरकार गठन भएको दुई महिनापछि सत्ता गठबन्धनले बुधबार ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ सार्वजनिक गरेको छ। कांग्रेस–एमाले कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता बुधबार सार्वजनिक गर्दै दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चित गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपूरक हुने गरी सञ्चालन गरिने जनाइएको छ ।

संकल्पमा दिगो र फराकिलो आर्थिक वृद्धि सुनिश्चत गर्न वित्त र मौद्रिक नीतिलाई एकअर्काको परिपुरक हुनेगरी सञ्चालन गरिने उल्लेख छ।

उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गरिने भनिएको छ भने आर्थिक क्रियाकलापलाई तीब्रता दिन पुँजीगत खर्च गर्ने क्षमता वृद्धि गरिने संकल्प लिइएकाे छ।

‘निजी क्षेत्रलाई आर्थिक वृद्धिका उत्तोलक (ग्रोथ इञ्जिन) का रुपमा आत्मसात गर्दै त्यसको आत्मविश्वास, भरोसा र उत्साहलाई बढाउने तथा सरकार अभिभावक र प्रभावकारी सहजकर्ता हो भन्ने विश्वास दिलाउने गरी काम गरिनेछ,’ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाइएको संकल्पमा भनिएको छ।

पुँजी बजारप्रतिको आमनागरिकको बढ्दो आकर्षणलाई ध्यानमा राखी नियामक निकायको संस्थागत प्रभावकारिता र पारदर्शितालाई सुदृढ गरी लगानीकर्ताको लगानी सुरक्षित गरिने भनिएको छ। आन्तरिक, वाह्य र गैरआवासीय नेपालीसमेतको लगानी वृद्धि गर्न नीतिगत, कानुनी
र संरचनागत सुधार गर्दै लगानीमैत्री वातावरण निर्माण गरिने भएको छ।

‘लगानी वृद्धिका लागि विकास फाइनान्सिबका समय सापेक्ष वित्तय ढाँचाहरु उपयोगमा ल्याइनेछ,’ संकल्पमा भनिएको छ, ‘राष्ट्रिय आवश्यकता, सार्वजनिक ऋणकोअवस्था, शर्तहरु लगायत पक्षलाई ध्यानमा राखेर वाह्य आर्थिक सहायता र ऋण परिचालन गरिनेछ । उत्पादन र उत्पादकत्व वृद्धि, वितरण र उपभोगको शृंखला कायम गरिनेछ।’

कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा अब सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको