Like us!
Follow us!
Connect us!
Watch us!

नौं महिनादेखि नेतृत्व विहीन धितोपत्र बोर्ड, कार्यवाहक अध्यक्ष र सरकारको भूमिका शून्य

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, १७ : ४२ मा प्रकाशित

नौं महिनादेखि नेतृत्व विहीन धितोपत्र बोर्ड, कार्यवाहक अध्यक्ष र सरकारको भूमिका शून्य

पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ । यसरी बोर्डमा कार्यकारी अध्यक्ष नभएको साढे करिब नौं  महिना  पुगेको  छ । तत्कालीन अध्यक्ष रमेशकुमार हमाल गत पुसमा आफ्नो कार्यकाल पूरा गरेर बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो ।

अहिले कामचलाउ अध्यक्षका रूपमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा बोर्ड सदस्य महेश बरालले नेतृत्व गरिरहेका छन् । 

सरकारले अर्थ मन्त्रालयका सहसचिव महेश बराललाई कामचलाउ नेतृत्वको रूपमा कार्यवाहक अध्यक्षको जिम्मेवारी लिएर बोर्डमा पठाएको छ । बोर्डबाट हमाल गए यता  प्राथमिक निष्कासन स्वीकृति भएको छैन। पूँजी सङ्कलनको प्रमुख माध्यम नै अहिले ठप्प छ। नियमित काम बाहेक बोर्डले नीतिगत र अरू कुनै पनि काम गर्न सकेको छैन।  

विभिन्न कम्पनीहरूले प्रस्ताव गरेका अर्बौका साधारण सेयर, हकप्रद सेयर,विभिन्न फन्डहरु बोर्डको अनुमतिको पर्खाइमा छन् । तर, बरालले आवश्यक निर्णयहरू नगरिदिँदा बोर्डमा भने कामले गति लिन सकेको छैन । धितोपत्र बोर्डमा झन्डै करिब ४ दर्जन कम्पनीहरूले ७८ अर्ब रुपैयाँ माथिको सेयर निष्कासनका लागि निवेदन दिएका छन् । तर, निर्णय गर्न सक्ने अध्यक्षको अभावका कारण ती कम्पनीहरूलाई बोर्डले स्वीकृति दिनसकिरहेको छैन् । 

बोर्डका अध्यक्ष महेश बराल भने काम धेरै समयदेखि रोकिएकाले समय लागेको र आफुले काम गरिरहेको बताउछन् । 
अर्थसंसारसँगको कुराकानीमा उनले भने ‘धेरै समयदेखि काम जाम भएर बसेको थियो त्यहि भएर समय लागेको हो । त्यहि पनी काम त भईराखेकै छ त ।’,हामी मिटिङ पनि गरिरहेकै छौं। ’  

अध्यक्ष बरालले आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दा पनि रोकिएर बसेको आइपीओका फाइल अघि बढाइएको बताएका छन् ।

उनले भने , ‘लामो समय रोकिएर बसेको आइपीओका फाइल हामीले अघि बढाएका छौं । अझै नेटवर्थ ९० भन्दा कम भएका कम्पनीहरूको हकमा भने पर्ख र हेरको अवस्थामा नै छौं ।’

बोर्डको अध्यक्षको रिक्ततामा कार्यवाहक अध्यक्षले बोर्डमा प्रस्तावित सेयर निष्कासन तथा अनुमोदन अन्य काम कारबाही गर्न पाउने सरकारले व्यवस्था गरेको छ । २०८० चैत ३० मा धितोपत्र ऐन संशोधन गर्दै सरकारले धितोपत्र बोर्डको सञ्चालक समितिमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने कर्मचारीले नै धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था गरेको हो । बोर्डका कार्यवाहक अध्यक्ष बरालले समयमा काम नगरिदिँदा पाइपलाईनमा रहेका सार्वजनीक निष्काशनहरुमा थप अन्योल बढेको छ ।

यसैबीच सेयर बजार मैत्री मानिएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेको भ्रमण गरेका छन् । नेप्से पुगेर अर्थमन्त्रीले नेप्सेका अधिकारीसँग छलफल गरे । आफै अर्थमन्त्रालायको जीम्मेवारीमा रहेका पौडेलले नेप्सेका अधिकारीहरुलाई अर्थमन्त्रीले बजार घटनुको कारण बारे प्रश्न गरे । 

यस्तै,बोर्डका प्रवक्ता नवराज अधिकारीले  भने  आन्तरीक छलफल भएपछी सबै काम अगाडि बढ्ने बताएका छन् । केहि दिनको अध्ययन भ्रमणबाट फर्किएको बताउँदै उनले काम चाँडै नै अगाडि बढ्ने बताए ।

उनले भनेका छन्,‘केहि दिन स्टडी भ्रमणका लागी बाहिर गएकाले साथिहरुसँग छलफल गर्न पाएका छैनौं,सार्वजनीक निष्काशन बाहेक अन्य कामहरु भैराखेकै छ । आन्तरिक छलफल भएपछी सबैकुराको टुङ्गो लाग्छ । 

पूँजी बजारका निकाय नेतृत्व विहीन हुँदै जाँदा सरकार समेत त्यति धेरै गम्भीर देखिएको छैन। अर्थमन्त्री विष्णु पौडेल आएपछि सेयर बजारमा एक किसिमको सकारात्मक परिवर्तन देखिएको थियो। तर पौडेलले समेत पूँजी बजारको विषयमा भने गम्भीर देखिएका छैनन्। पौडेल अर्थमन्त्रीमा नियुक्त भएको दुई महिना भन्दा बढी भइसकेको छ  । तर पनी उनले सेबोन अध्यक्षबारे कुनै पनी डिसिजन लिएका छैनन्। कुनै ठोस कदम चालेका छैनन्। लामो समयदेखि सरकार र कार्यवाहक अध्यक्षको भूमिका शून्य देखिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको