Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने, प्रथम हुनेलाई २५ हजार पुरस्कार

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, १४ : ३० मा प्रकाशित

नेपाल धितोपत्र बोर्डले निबन्ध प्रतियोगिता आयोजना गर्ने, प्रथम हुनेलाई २५ हजार पुरस्कार

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा निबन्ध प्रतियोगिता सञ्चालन गर्ने भएको छ । बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले आगामी कात्तिक ६ देखि १२ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा निबन्ध प्रतियोगिता आयोजना गर्न लागिएको एक सूचना जारी गर्दै बताएको छ ।

उक्त प्रतियोगिताका लागि विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस र कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले ‘फन्डामेन्टल इन्भेष्टिङ इन क्यापिटल मार्केट’ र  ‘प्रिभेन्सन अफ फ्रड स्क्याम इन क्यापिटल मार्केट : रोलअफ इन्भेष्टर्स,मार्केट इन्टरमेरियडिज एन्ड रेगुलेटर’ शिर्षकमा निवन्ध लेख्नुपर्नेछ ।

सो निबन्ध कम्तिमा १ हजार ५ सय  र अधिकतम ३ हजार शब्दमा नबढाइकन लेख्नुपर्नेछ । उक्त निबन्ध नेपाली वा अंग्रेजी दुबै माध्यममा लेखेको हुनुपर्ने समेत जनाइएको छ । उक्त निबन्ध पठाउँदा अध्ययनरत क्याम्पस र कलेजको सिफारिस अनिवार्य रुपमा संलग्न गर्नु पर्ने बोर्डको भनाई छ ।

उक्त निबन्ध उत्कृष्ट ठहरिएमा प्रथम पुरस्कार वापत २५ हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कारवापत १० हजार रुपैयाँ दिइने बोर्डले जनाएको छ । उक्त निबन्ध वर्ड फाइल अनिवार्य रुपकमा इमेल ठेगाना [email protected] मा पठाउनु पर्ने बताइएको छ ।

 

66ebe4f205333.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको