Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछाने चलाख मान्छे हुनुहुँदो रहेछ, म त छक्कै परेँ–  शेरबहादुर देउवा

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, १६ : ५८ मा प्रकाशित

रवि लामिछाने चलाख मान्छे हुनुहुँदो रहेछ, म त छक्कै परेँ–  शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले पार्टीले संसदमा रास्वपा सभापतिबारे उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको बताए ।

छानविन विशेष समिति गठन गर्दा लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भए पनि अहिले प्रमाणित भएको उनको भनाइ छ । 

‘मैले पत्याएकै थिइनँ, यस्तो छ भने,’ उनले भने, ‘सहकारीको विषय । मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर । रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे । म त छक्कै परेँ कुरा सुनेर ।’

यसैगरी सो विषय उठान गरी समिति बनाउन दबाब दिन लगाएकोमा पार्टी महामन्त्री गगनकुमार देउवाले धन्यवाद समेत व्यक्त गरेका छन् । 

उनले भनेका छन्, ‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु ।’  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको